काठमाडौँ – सिंगापुरमा जारी आइसिसी टी-२० विश्वकप एसिया छनोट प्रतियोगितामा सिंगापुरले नेपाललाई विशाल लक्ष्य दिएको छ । ग्लोबल छनोटमा पुग्नका लागि जित्नैपर्ने खेलमा सिंगापुर नेपाली बलरमाथि हाबी हुँदै रनको १९२ विशाल चुनौति दिएको हो ।


ADVERTISEMENT


शनिबार सिंगापुरको इण्डिन एशोसिएसन मैदानमा टस हारेर ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनायो । सुरुवातमै आक्रमण गरेको सिंगापुरले पहिलो ११ ओभरमा सय रन पार गरेको थियो ।


ADVERTISEMENT

# # #


सिंगापुरका टिम डेभिड नेपाली बलरका लागि टाउको दुखाईको विषय बने । दोस्रो विकेटका लागि रोहन रंगराजनसंग ८९ रनको साझेदारी गरेका उनल तेस्रो विकेटका लागि मनप्रित सिंहसंग ६६ रनको साझेदारी गरेपछि सिंगापुरले पहिलो पटक १९० रन कटाएको हो ।

आक्रामक ब्याटिङ गरेका उनले ४३ बलमा ८ चौका र ३ छक्का ठोक्दै ७७ रन बनाएपछि सिंगापुरले विशाल योगफल तयार गरेको हो । यस्तै रोहन रंगराजनले ३३ बलमा ४९ रन बनाउँदा ४ चौका र ४ छक्का हाने ।

यस्तै मनप्रित सिंहले पनि आक्रामक खेले । त्यसक्रममा उनले २७ बलमा ३ चौका र २ छक्काको मदतमा ४२ रन बनाए । अनिस इडवार्डले ९ रन बनाए ।

सिंगापुरका ब्याट्सिम्यानसामू नेपाली बलर निरीह साबित भए । अभिनास बोहराले ४ विकेट लिए । ४ ओभरमा उनले ३५ रन खर्चिए । करण केसीले २ विकेट लिनु बाहेक अन्यले कुनैपनि योगदान दिन सकेनन् ।