काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओली अस्वस्थ भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । बिहीबार दिउँसो बस्ने भनिएको बैठक प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि शुक्रबारसम्म लागि स्थगित भएको हो ।


ADVERTISEMENT


आजको बैठकमा यसअघिदेखि छलफल हुन नसकेका कार्यसूचीमाथि छलफल गर्ने बताइएको थियो ।


ADVERTISEMENT

# # #


नेकपामा स्कुल विभागलाई लिएर यसअघिदेखि नै विवाद छ । सुरुमा पूर्व माओवादीले नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलको दाबी थियो । तर दुई नेताको नाममा विवाद भएपछि यो विभागमा ८ जनाको दाबी परेको छ ।