Author: Himalaya Post

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

काठमाडौँ – भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–) संक्रमण पुष्टि भएको छ । आइतबार एक ट्वीट गर्दै अमित शाहले आफूमा कोरोना संक्रमण भएको पुष्टि भएका हुन् । कोरोनाका शुरूआती लक्षण देखिएपछि परीक्षण गराएको र रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् । उनले आफ्नो स्वास्थ्य ठीक रहेको र डाक्टरको सल्लाह अनुसार आफू अस्पताल भर्ना भएको पनि जानकारी गराएका हुन् । उनले गत केही दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सेल्फ आइशोलेसनमा बस्न पनि अनुरोध गरेका छन् । अमितले ट्वीटरमा भनेका छन्, ‘कोरोनाका शुरूआती लक्षण देखिएपछि मैँले टेस्ट गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ । मेरो स्वास्थ्य अवस्था ठीक...

Read More

काठमाडौँमा थपिए ३१ जना कोरोना संक्रमित

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ११ जना र ललितपुरका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ८ जनामा कोरोना पाइएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ललितपुरका १ जना र वीर अस्पतालमा काठमाडौँका १ जनामा पोजेटिभ देखिएको प्रवक्ता डा....

Read More

कोरोनाबाट थप १ महिलाको मृत्यु, ५७ पुग्यो मृतक संख्या

काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ नम्खा बस्ने ६८ वर्षीय एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती महिलाको साउन १७ गते (शनिबार) मृत्यु भएको हो । ज्वरो, खोकी तथा श्वास प्रश्वासमा समस्या भएपछि उनी सान १४ गते नारायणी वयोधा अस्पतालको आइसीयूमा भर्ना भएकी थिइन् । उनको श्वास्थ्य अवस्था थप जटिल भएपछि साउन १७ गते बेलुका नारायणी कोरोना अस्पताल रिफर गरिएको थियो । उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रवक्ता डा गौतमले बताए...

Read More

कोरोना अपडेट : थप २४६ जनामा संक्रमण पुष्टि, १११ जना डिस्चार्ज

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरका २९ वटा प्रयोगशालामा ८ हजार ८६१ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १० हजार ९३४ जना रहेका छन् भने ५ हजार ६७२ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमित मध्ये ५७  जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हालसम्म १४ हजार ६०३ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

Read More

अब चार हजारमै कोरोना परीक्षण गर्न पाइने

काठमाडौँ – शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब रु ५०० ले घटाएको हो । विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबले कोरोना परीक्षण शुल्क रु चार हजार ५०० बाट घटाएर रु चार हजार कायम गरिएको जनाएको छ । प्रारम्भिक परीक्षणको नतिजाअनुसार रु चार हजारमै कोरोना परीक्षण गरी खर्च व्यवस्थापन गर्न सकिने देखिएपछि शुल्क घटाइएको प्रयोगशालाका प्रमुख विके भण्डारीले जानकारी दिए । सोमबारदेखि घटाइएको शुल्कमा कोरोना परीक्षण गरिने उनले बताए...

Read More