नेपाली कांग्रेसमा एकताको ‘ब्रेक थ्रु’ : आन्तरिक विवाद अन्त्य गरी १५औँ महाधिवेशनमा जुट्न गगन र ईतर नेता एक ठाउँमा !
काठमाडौं – देश गम्भीर संकट र विपद्को अवस्थामा रहेको भन्दै नेपाली कांग्रेसका विभिन्न नेताहरूले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी सम्पूर्ण एकताका साथ अघि बढ्न अपिल गरेका छन् । सभापति गगनकुमार थापाकै उपस्थितिमा शेरबहादुर देउवा पक्षका नेताहरू सहितका नेताहरू सम्मिलित ललितपुरमा बसेकाे बैठकले कांग्रेसलाई एक बनाएर लाने ढाेका खाेल्ने अभियान सुरू गरेकाे हाे । ‘पार्टीको सम्पूर्ण एकताका लागि अपिल’ शीर्षकमा जारी प्रेस विज्ञप्तिमा राजनीतिक अवस्था तरल र चुनौतीपूर्ण बन्दै गएको तथा सरकार र राजनीतिक दलहरूप्रति जनविश्वास कमजोर हुँदै गएको उल्लेख गरिएको छ । यस्तो अवस्थामा राजनीतिक प्रणाली र संस्थालाई बलियो बनाउन तथा देशको राष्ट्रियता, लोकतन्त्र र संविधानको संरक्षणका लागि प्रमुख...
Read More





























