भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट उक्त रकम संकलन गरेको हो । संकलित ३१ लाख रुपैयाँ नेपाल सरकारका माननीय अर्थमन्त्रीज्यूलाई भदौ २४ गते हस्तान्तरण गरेको हो । उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो । यसबाट विपद्का कारण घरबार, सम्पत्ति तथा दैनिक जीवनमा ठूलो क्षति व्यहोरेका नागरिकहरूको राहत तथा उद्धार कार्यमा केही सहयोग पुग्ने विश्वास एमपीआईएले...
Read More





























