शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार नडराए हुन्छ : अध्यक्ष लिङ्देन
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आज काठमाडौँमा सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेका छन्। राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य घोषणाको मागसहित हुने प्रदर्शनबाट सरकारले नडराउनुपर्ने समेत लिङ्देनले बताएका छन्। राप्रपाले राजधानीको बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। यसअघि पार्टीले निषेधित क्षेत्र तोड्ने निर्णय सार्वजनिक गरेपछि गृहमन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै कानुन विपरीतको गतिविधि भए कारबाही हुने चेतावनी दिएको थियो। अध्यक्ष लिङ्देनले प्रदर्शनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत सरकारप्रति आक्रोश व्यक्त गर्दै लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई ‘यति मात्र बोल, यो मात्र बोल, अनि यो बाटो मात्र हिँड’ भनेर सीमा तोक्ने सरकारी...
Read More