सिटिजन्स बैंकको ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ र ‘सवारीसाधन कर्जा’ योजना
काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ तथा ‘सवारीसाधन कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित ५ वर्षसम्म स्थिर रहने गरी वार्षिक ५.९९ प्रतिशत ब्याजदरमा सजिलो घर कर्जा योजना ल्याएको हो । त्यस्तै, व्यक्तिगत सवारीसाधन खरिदका लागि ३ वर्षसम्म स्थिर रहने गरी ५.९९ प्रतिशत वार्षिक ब्याजदरमा सवारीसाधन कर्जा योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ । स्थिर ब्याजदरको अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा १.५५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ ।...
Read More





























