Author: Himalaya Post

एसईई उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्दै मुख्यमन्त्री बानियाँ ले भने– शिक्षा नै राष्ट्र निर्माणको आधार

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले शिक्षा क्षेत्र राष्ट्रको भविष्य निर्माण गर्ने आधार भएको बताएका छन्। प्याब्सन जिल्ला कार्य समिति ललितपुरद्वारा आयोजित एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। मुख्यमन्त्री बानियाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिँदै विद्यार्थीहरूको सफलता मेहनत, अनुशासन तथा अभिभावक र शिक्षकहरूको सहयोगको प्रतिफल भएको बताएका छन्। उनले शिक्षालाई जीवन परिवर्तनको आधारका रूपमा लिन आग्रह गर्दै आगामी दिनमा अझ मेहनत र लगनशीलतासहित अघि बढ्न विद्यार्थीहरूलाई प्रेरित गरेका छन्। प्रविधिसंग सही तरिकाले काम गर्नु पर्छ, प्रविधिमैत्री हुँदै नेपाल र नेपालीलाई समृद्धितर्फ अगाडि बढाउनु छ,...

Read More

कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छः सभापति थापा

इनरुवा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस मिलेर काम गर्न चाहेको बताउनुभएको छ । सुनसरी कोशी गाउँपालिका–१ सिटीहलमा आज नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेशस्तरी जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा नेपाली कांग्रेसले सरकारसँग छलफल, संवाद गरेर कार्य गर्न चाहेको उहाँको भनाइ थियो । सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा नेपाली कांग्रेसको चित्त नबुझेको बताउनुहुँदै संविधान संशोधन परिपक्व ढङ्गले अगाडि बढाउनुपर्नेमा सभापति थापाले सुझाव दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेतृत्व र पार्टीबाट सरकारी पदधारण गरेको व्यक्तिबीच समन्वय आवश्यक रहेको बताउनुभयो...

Read More

शिक्षामन्त्री पोखरेल र बेलायतीमन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं-  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायतीमन्त्री सीमा मल्होत्राबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको लामो समयदेखिको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा तथा खेलकुद क्षेत्रमा रणनीतिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । समानता एवं इण्डो–प्यासिफिक हेर्ने बेलायतीमन्त्री मल्होत्रा तीनदिने भ्रमणका लागि आज बिहान नेपाल आउनुभएको हो । भेटका क्रममा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो । साथै नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको ‘अटिजम स्कुल’ को अवधारणा र...

Read More

दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

काठमाडौँ – अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा रु पाँच करोड २५ लाख कमाइ गरेको छ । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको छ । कम्पनीका प्रमुख म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले १४ दिनमा घरेलु बजारमा गरेको कमाइ उत्साहजनक छ । उक्त चलचित्रका निर्मातासमेत रहनुभएका खत्रीले तेस्रो सातामा प्राप्त ‘शो’ सङ्ख्याले आगामी दिनमा समेत राम्रो कमाइ गर्ने अपेक्षा गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले घरेलु दर्शकबाट पाएको मायालाई धन्यवाद भन्ने कुनै शब्द नै छैन । हामीलाई विश्वास गरेर...

Read More

सुनसरीमा नेपाली सेनाको एकीकृत विपद् प्रतिकार्य

धरान-  सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चौसठ्ठीबिघा रास तालमा एकीकृत जिल्ला विपद् प्रतिकार्य ‘अभ्यास मनसुन–६’ सम्पन्न गरेको छ । मनसुनको समयमा कोशी प्रदेशमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्लाई मध्यनजर गर्दै श्री नं २ बाहिनी अड्डाको आयोजनामा सम्पन्न अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सरकारी र सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो । पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति गौरवकुमार केसीले गत वर्ष कोशी प्रदेशका इलाम र झापामा आएको ठूलो बाढीपहिरो तथा कोशी क्षेत्रमा देखिएको जटिल बाढीजन्य अवस्थालाई मध्यनजर गर्दै यस्ता अभ्यास समय समयमा सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता अभ्यासले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण सहयोग...

Read More