Author: Himalaya Post

हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

  काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उहाँहरूलाई सम्मान गर्नुभएको हो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हार्दिक बधाई दिनुहुँदै हिमालको चुचुरोमा राष्ट्र तथा सङ्गठनको झण्डा फहराउनु गौरवको विषय भएको बताउनुभयो । उहाँले उच्च मनोवल तथा आँट र साहस...

Read More

संविधान संशोधनलाई गम्भीरताका साथ अगाडि बढाउनु पर्छः सभापति थापा

धरान – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधनको विषय गम्भीर भएको उल्लेख गर्दै परिपक्व निर्णय लिन आग्रह गर्नुभएको छ ।  सुनसरीको लौकहीमा आयोजित प्रदेश तथा स्थानीय तहस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनजस्तो संवेदनशील विषयमा परिपक्व ढङ्गले काम गर्नुपर्नेमा जोड दिनु भएको छ । सरकारले सुकुम्बासी व्यवस्थापनका सम्बन्धमा पनि सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । सभापति  थापाले गत भदौ २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग  गर्नु भएको छ...

Read More

लिग–२ को अन्तिम खेलमा नेपालको दमदार जित

  काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले शानदार प्रदर्शन गर्दै महत्वपूर्ण जित हासिल गरेको छ। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा अमेरिका विरुद्ध १२२ रनले जित निकालेको छ भने नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमा समेटिएको छ। घरेलु मैदानमा भएको खेलमा नेपाली टोलीले उत्कृष्ट ब्याटिङ र कसिलो बलिङ प्रस्तुत गर्दै समर्थकलाई खुशी दिएको हो। नेपालका खेलाडीहरूले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेका थिए। ब्याट्सम्यानले जिम्मेवार इनिङ्स खेले भने बलरहरूले विपक्षी टोलीलाई दबाबमा राख्न सफल भए। विशेषगरी मध्यक्रमका ब्याट्सम्यान र स्पिन बलरहरूको प्रदर्शन...

Read More

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण विजयी, कोषाध्यक्षमा मनिषलाल निर्वाचित

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनअन्तर्गत वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन् । उनले कुल ५६ मत पाएका छन् भने, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान निर्वाचित भएका छन् । प्रधानले ६१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी रामचन्द्र संघईले ३० मत र अम्बिका पौडेलले २५ मत पाएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएसँगै विजयी उम्मेदवारका समर्थकहरूले बधाई तथा शुभकामना दिएका छन् । महासंघको नेतृत्वमा नयाँ जिम्मेवारी पाएका दुवै नेताले निजी क्षेत्रको हित, उद्योग व्यवसायको प्रवर्द्धन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । महासंघको निर्वाचनलाई निजी क्षेत्रको नेतृत्व चयनका रूपमा चासोका साथ...

Read More

वनमन्त्री चौधरीसँग राजदूत पुजोलको भेटवार्ता

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्ता उहाँहरूबीच कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेसन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विविध विषयमा छलफल भएको थियो । भेटका क्रममा राजदूत पुजोलले सन् २०२७ मा हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन ९एफएओ०का महानिर्देशक पदको निर्वाचनमा नेपाल सरकारको सकारात्मक समर्थन अपेक्षा गरिएको बताउनुभएको थियो । सो सम्बन्धमा मन्त्री चौधरीले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढाइने जानकारी दिनुभएको मन्त्रालयले जनाएको छ । राजदूत पुजोलले गुणस्तरीय कृषि उत्पादन, कृषि ट्रेसबिलिटी...

Read More