Author: Himalaya Post

दीपककुमार शाह बने उद्योगमन्त्री, सम्हाले उद्योग मन्त्रालयको जिम्मेवारी

काठमाडौं- सुनसरी–४ बाट निर्वाचित सांसद दीपककुमार शाह उद्योगमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघि उद्योगमन्त्री रहेकी गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा साहलाई नियुक्त गरिएको हो । शाहले नयाँ जिम्मेवारीसँगै उद्योग क्षेत्रको विकास, लगानी प्रवर्द्धन तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने चुनौती पाएका छन् । शाहको नियुक्तिसँगै उद्योग मन्त्रालयले नयाँ नेतृत्व पाएको छ...

Read More

उद्धार र राहतपछि अब पुनर्निर्माणको चुनौती, रसुवाका सांसद आचार्यले मागे सरकारबीच प्रभावकारी समन्वय

काठमाडौं- रसुवाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद मोहन आचार्यले उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा सांसद आचार्यले विपत्तिमा परेका नागरिकहरू ठूलो कष्टमा रहेको र बाढीबाट क्षति नबेहोरेको कुनै घर नरहेको उल्लेख गर्दै उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू साझेदारीमा काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले विगतको भूकम्पको समयमा जस्तो पुनर्निर्माणको काममा ढिलासुस्ती नगर्न ध्यानाकर्षण गराएका छन्। सांसद आचार्यले रसुवा जिल्लालाई पुनः जोड्नका लागि अवरुद्ध भएका सडक सञ्जालहरू छिटोभन्दा छिटो मर्मत तथा सञ्चालन गर्न संघीय र प्रदेश सरकारसँग माग गरेका छन्। उनले बाढीको...

Read More

प्रभु बैंक लिमिटेडद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण

काठमाडौं- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई थप सहयोग पुर्‍याउने उद्देश्यले प्रभु बैंक लिमिटेडले १ सय थान टेन्ट र १ सय थान स्लीपिङ ब्याग राहतस्वरूप उपलब्ध गराएको छ । बैंकले भदौ २५ गते जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको हो । बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु विष्टज्यूले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । यसअघि पनि प्रभु बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिसकेको जनाएको छ । विनाशकारी विपद्का कारण...

Read More

कारागारभित्रबाट रसुवा बाढीपीडितका लागि मानवीय हात, कैदीबन्दीद्वारा ५ लाख ५१ हजार सहयोग

काठमाडौ- काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका लागि राहत रकम हस्तान्तरण गरेका छन् । बिहीबार कारागारमा आयोजित एक कार्यक्रमकाबीच कैदीबन्दीका प्रतिनिधिसहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेललाई ५ लाख ५१ हजार रुपैया राहत रकम हस्तान्तरण गरेका हुन् । उक्त रकम बैंकमार्फत ’प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा जम्मा गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् । उनले रसुवाको बाढी, नुवाकोट तथा त्रिशूली क्षेत्रमा भएको तहसनहस ’महाप्रलय’ सरहको राष्ट्रिय विपत्ति भएकाले सबैको सहयोग आवश्यक रहेको धारणा राखेका छन्। उनले कानुनी दायराभित्र कारागारमा रहेका कैदीबन्दीहरू पनि यसै देशका नागरिक भएको र विपत्तिको यस घडीमा पीडितहरूप्रति उनीहरूको...

Read More

अमरेश सिंहको चेतावनी– ‘धम्कीको शासन होइन, संसद्प्रति उत्तरदायी सरकार चाहिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाएका छन् । प्रधानमन्त्रीका सल्लाहकारहरूको पृष्ठभूमिमाथि प्रश्न उठाउँदै उहाले सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको बताएका छन् । एउटा सल्लाहकार नै सरकारको विनाशका लागि काफी रहेको उनको भनाइ छ । उनले सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको उल्लेख गरेका छन् । सांसद सिंहले मधेशी समुदायको बलमा टिकेको वर्तमान सरकारले उनीहरूलाई नै पाखा...

Read More