Author: Himalaya Post

यूएन महासभामा प्रधानमन्त्री शाहको उपस्थिति, मन्त्रिपरिषद्ले गर्‍यो भ्रमण स्वीकृत

काठमाडौं- प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएका छन् । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमणलाई स्वीकृति दिएसँगै उनको विदेश भ्रमण निश्चित भएको हो । प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको धारणा प्रस्तुत गर्नेछन् । महासभाको अवसरमा विभिन्न मुलुकका प्रतिनिधि तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता र द्विपक्षीय छलफल गर्ने तयारीसमेत हुने बताइएको छ । महासभामा नेपालले पछिल्लो समय भोगिरहेका चुनौती, विकासका प्राथमिकता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषय उठाउने अपेक्षा गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित...

Read More

गौरीकुमारी बाहिरिँदा उद्योग मन्त्रालयमा नयाँ अनुहार, साहलाई जिम्मेवारीको तयारी

काठमाडौं- उद्योग मन्त्रालयको नेतृत्व फेरिने भएको छ। गौरीकुमारी यादवले उद्योगमन्त्री पदबाट राजीनामा दिएसँगै रिक्त हुन लागेको मन्त्रालयको जिम्मेवारीका लागि सुनसरी–४ का सांसद दीपककुमार साहको नाम सिफारिस गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले साहलाई उद्योगमन्त्री नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन्। यादवले राजीनामा दिएपछि प्रधानमन्त्री शाहले उनको स्थानमा साहलाई अघि सारेका हुन्। साह निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका सांसद हुन्। यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए। जनमत पार्टीबाट निष्कासनमा परेपछि उनले आफ्नै दलसमेत गठन गरेका थिए। गौरीकुमारी यादवको राजीनामापछि उद्योग मन्त्रालयमा नयाँ नेतृत्व ल्याउने निर्णयसँगै साहको नाम चर्चामा आएको हो। राष्ट्रपतिबाट नियुक्ति प्रक्रिया पूरा भएपछि उनले उद्योग...

Read More

सरकारको केन्द्र ज्वागल बन्यो, हुकुमी शासनको नाश निश्चित छ : सांसद सिंह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था हुनुपर्नेमा सल्लाहकार र सचिवालय व्यवस्थामा परिवर्तन भएको आरोप समेत लगाए । प्रधानमन्त्रीका सल्लाहकारहरूको पृष्ठभूमिमाथि प्रश्न उठाउँदै उनले सरकार सिंहदरबारबाट नभई बाहिरबाट हुकुमी र गुण्डा शैलीमा सञ्चालन भइरहेको बताए । एउटा सल्लाहकार नै सरकारको विनाशका लागि काफी रहेको उनको भनाइ छ । उनले सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको उल्लेख गरे । सांसद सिंहले मधेशी समुदायको बलमा टिकेको वर्तमान सरकारले उनीहरूलाई नै पाखा लगाएमा सरकार...

Read More

राहत–उद्धारमा सरकारलाई सघाउन संसदीय विशेष समिति गठनको माग

काठमाडौं – प्रतिनिधिसभामा प्रतिधित्व गर्ने बिपक्षी दलहरुले विपद् व्यवस्थापन, राहत, उद्धार, खोजी र पुनस्र्थापनाका कार्यहरू प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बिहीबार बसेको बिपक्षी दलको बैठकले सरकारी राहत–उद्धार कार्यको अनुगमन, निरीक्षण, थप सुझाव दिने र संसदीय तवरबाट आवश्यक सहजीकरणका लागि संसदीय विशेष समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले जानकारी दिइन् । सरकारले हालसम्म समिति गठन नगरेको सन्दर्भमा संसदीय विशेष समिति गठन गर्न संसद्मा सशक्त रूपमा आवाज उठाउने र सरकारको निरन्तर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताइन् । बैठकले...

Read More

जसपा नेपालद्वारा अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय खारेज गर्न माग

काठमाडौं-  जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई दल त्यागसम्बन्धी सूचना जारी गरी पदमुक्त गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको प्रेस विज्ञप्तिमा लुम्बिनी प्रदेशसभा सचिवालयबाट जारी सूचना तथा त्यसको आधार बनेका कागजातमाथि प्रश्न उठाउँदै निर्णय तत्काल सच्याउन माग गरिएको छ। जसपा नेपालका अनुसार काफ्लेलाई दल त्यागसम्बन्धी सूचना जारी गर्ने निर्णय किर्ते कागजातका आधारमा गरिएको गैरकानुनी, असंवैधानिक तथा संसदीय अभ्यासको मर्मविपरीत रहेको दाबी गरिएको छ। पार्टीले उक्त निर्णय तत्काल सच्चाउन लुम्बिनी प्रदेशसभा सचिवालयसँग माग गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने क्रममा पार्टीले विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको भए...

Read More