Author: Himalaya Post

सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान

काठमाडौं – विगत करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा पुर्याएको योगदानको कदरस्वरुप विश्व वन्यजन्तु कोष नेपालले नेपाली सेनालाई विशेष सम्मान प्रदान गरेको छ । कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप मङ्गलबार सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । यसअघि पनि सन् २०११, २०१३, २०१५, २०१६, २०१८ र २०१९ लाई शून्य सिकार वर्षका रूपमा मनाउन सफल भएकाले सेनाका विभिन्न छवटा युनिट ‘अब्राहम कन्जर्भेसन अवार्ड’ बाट सम्मानित भएका थिए । साथै बर्दिया राष्ट्रिय निकुञ्ज यसअघि ‘डबल टाइगर अवार्ड’ बाटसमेत सम्मानित भएकामा यस वर्ष वन्यजन्तु कोषले पनि विशेष सम्मान प्रदान...

Read More

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । अमेरिकालाई हराउँदै आज पनि स्कटल्यान्ड अङ्क तालिकाको शीर्ष स्थानमा यथावत रहने दाउमा छ । स्कटल्यान्ड ३८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । त्यसो त अमेरिका पनि स्कटल्यान्डलाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । अमेरिका ३६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । स्कटल्यान्डको प्लेइङ–११ मा कप्तान रिची बेरिङ्टनसहित जर्ज मुन्से, माइकल इंग्लिस, फिन्ले...

Read More

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली – हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुराएको छ । एक्कासी असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुराएको चङ्खेली–५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिए । चङ्खेली–५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ पनि पहिरोले पुरेको छ । त्यहाँ रहेका भेँडाबाख्रामा क्षति पुगेको छ । पहिरोले गोठ पुरिए पनि के कति क्षति भयो भन्ने एकिन विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए । उनले प्रहरी टोली पहिरो प्रभावित स्थलतिर प्रस्थान गरिसकेको बताए । हुम्ला सदरमुकाम...

Read More

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ :  अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्ट (जुरिसडिक्सन्स अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सरकारले सबै सम्भव उपाय अवलम्बन गर्ने बताएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा आज अर्थ मन्त्रालयमा आयोजित एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) अन्तर्गतको इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजी) कार्ययोजनासम्बन्धी छलफलमा उनले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गरे । एपिजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा वाग्लेले सम्पूर्ण सामथ्र्य प्रयोग गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताउनुभयो । प्रधानमन्त्रीको नेतृत्वमा सरकारले सुशासन स्थापना गर्दै विकासलाई तीव्रता दिन प्रयास गरिरहेको उल्लेख गर्दै उनले जनमतको प्रमुख अपेक्षा सुशासन...

Read More

“देशले खोजिरहेको सक्षम नेतृत्व हुन् गगन थापा : प्रदेश सभापति बानियाँ”

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश स्तरीय प्रदेश तथा स्थानीय तह जनप्रतिनिधि प्रशिक्षण भेलाको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले नेपाली कांग्रेसभित्र देखिएका असमझदारी र चुनौतीलाई संवादमार्फत समाधान गर्दै पार्टीलाई अझ सुदृढ, एकताबद्ध र जनमुखी बनाउँदै अघि बढ्नुपर्ने बताएका छन्। बानियाँले बागमती प्रदेशअन्तर्गत दुई तहका जनप्रतिनिधिहरूबीच सञ्चालन हुन लागेको प्रशिक्षण कार्यक्रम नियमित कार्यक्रमभन्दा फरक र विशेष उद्देश्यसहित आयोजना गरिएको बताए। उनका अनुसार कार्यक्रमको उद्देश्य नेपाली कांग्रेसका जनप्रतिनिधिहरूलाई थप दिक्षित, शिक्षित, जिम्मेवार र जनउत्तरदायी बनाउनुका साथै हालसम्म भएका अभ्यास र अनुभवहरूलाई एक–अर्कासँग आदान–प्रदान गराउनु रहेको...

Read More