Author: Himalaya Post

सानिमा जिआइसीको नेतृत्वमा उपाध्यायको निरन्तरता, थप चार वर्ष जिम्मेवारी

काठमाडौं –  सानिमा जिआइसी इन्स्योरेन्सको कार्यकारी नेतृत्वमा फेरि सुद्युम्न प्रसाद उपाध्याय नै रहने भएका छन् । कम्पनीको सञ्चालक समितिले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा थप चार वर्ष निरन्तरता दिने निर्णय गरेको हो । भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार उपाध्यायको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेदेखि सुरु हुनेछ । उनको पहिलो कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदैछ । त्यसको भोलिपल्टबाट सुरु हुने दोस्रो कार्यकाल २०८७ कात्तिक ६ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । यससँगै सानिमा जिआइसीको कार्यकारी नेतृत्वमा उपाध्यायको निरन्तरता सुनिश्चित भएको छ । सञ्चालक समितिले आगामी चार वर्षका लागि पनि कम्पनीको नेतृत्व...

Read More

एलपीजी ग्यासको वितरण प्रणालीमा गडबडी देखियो : सांसद श्रेष्ठ

काठमाडौं – रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा गडबडी देखिएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले भारतबाट ग्यास निरन्तर आइरहेको भए पनि वितरण प्रणालीमा गडबडी देखिएकाले मन्त्रालय, नेपाल आयल निगम, उद्योगी र व्यापारीहरूलाई एकै ठाउँमा राखेर सार्वजनिक बैठक गरिनुपर्ने माग समेत गरे । समस्या कहाँ र कसका कारण रोकिएको हो भन्ने कुरा आम जनताले प्रत्यक्ष थाहा पाउनुपर्ने उनले बताए । उनले हाल २० वटा गाडीले ढुवानी गरिरहेको भए त्यसलाई बढाएर १०० वटा गाडी परिचालन गरी बजारमा आपूर्ति सहज बनाउन सुझाव दिए । ग्यासमाथिको दीर्घकालीन निर्भरता कम गर्न सरकारले विद्युतीय चुल्हो विशेष छुटमा उपलब्ध...

Read More

उद्योगमन्त्री यादवले दिइन् राजीनामा

काठमाडौं – उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका संचार संयोजक कमल चौलागाईंले हिमालयपोष्टलाई जानकारी दिए। मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए । बुधबार बिहान उद्योग समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले भनेकी थिइन् ‘अहिले भएको ग्यास अभाव उद्योगीले गर्दा भएको हो, ग्यास उद्योगीको ‘पाता नकसे’सम्म ग्यास अभाव सहज हुँदैन ।’ उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन् । ‘देशमा यति धेरै ग्यास उद्योग चाहिँदैन, २...

Read More

फैसला कार्यान्वयनमा ढिलाइ नगर्न सरकारलाई कानुन समितिको निर्देशन

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले फैसलाको शीघ्र तथा प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले फैसला कार्यान्वयनको वर्तमान अवस्थाबारे छलफल गर्दै ‘न्याय ढिलो दिनु भनेको न्याय नदिनु सरह हो’ भन्ने मान्यतालाई ध्यानमा राखी फैसलाको शीघ्र तथा प्रभावकारी कार्यान्वयन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले सर्वोच्च अदालत मातहत रहेको फैसला कार्यान्वयन निर्देशनालयलाई अदालतकै मातहत राखी थप सुदृढ बनाउने वा कार्यपालिका मातहत लगेर स्रोत, साधन र अधिकारसम्पन्न बनाउने भन्ने विषयमा वस्तुनिष्ठ तथा वैज्ञानिक अध्ययन गर्न समेत निर्देशन दिइएको समिति सभापति समिक्षा बास्कोटाले जानकारी दिइन्...

Read More

ग्यास उद्योगीलाई दोषी देखाउने मन्त्रीको अभिव्यक्ति आपत्तिजनक : संघ

काठमाडौं – एलपी ग्यास उद्योग संघ नेपालले प्राकृतिक विपत्तिका बेला ग्यासको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन उद्योगीहरूले निरन्तर काम गरिरहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। संघले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा मन्त्रालयमा भएको बैठकमा एलपी ग्यास उद्योगीहरूप्रति गैरजिम्मेवार, गैरलोकतान्त्रिक, अमर्यादित तथा अशोभनीय अभिव्यक्ति दिइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। संघका अनुसार देशमा विभिन्न समयमा आएका विपत्ति तथा महाविपत्तिका बेला समेत एलपी ग्यास उद्योगहरूले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन अहोरात्र खटिएर आफ्नो सम्पूर्ण स्रोत–साधन परिचालन गर्दै आएका छन्। प्राकृतिक विपत्तिका समयमा एलपी ग्यासको आपूर्ति तथा बिक्री वितरण सहज बनाउन आफूहरूले सक्दो प्रयास...

Read More