Author: Himalaya Post

मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने

काठमाडौं – मेटलाइफ नेपालले सिवेक हस्पिटलसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा थप सुविधा विस्तार गरेको छ । यस सहकार्य अन्तर्गत वान बाई मेटलाइफको डिजिटल लाइफ कार्ड भएका ग्राहक तथा उनीहरूका योग्य परिवारका सदस्यहरूले काठमाडौं र पोखरास्थित सिवेक हस्पिटलमा उपलब्ध केही डायग्नोस्टिक सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् । दशकौँदेखि सिवेक हस्पिटल नेपालका प्रतिष्ठित स्वास्थ्य संस्थामध्ये एकका रूपमा परिचित छ । स्थानीय तथा अन्तर्राष्ट्रिय बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटल बिरामीकेन्द्रित सेवा र अन्तर्राष्ट्रियस्तरको चिकित्सा सेवाका लागि परिचित छ । नेपालमा बसोबास गर्ने व्यक्ति, विदेशी नागरिक, कूटनीतिज्ञ, व्यवसायी तथा पर्यटकहरूका लागि समेत सिवेक एक विश्वसनीय स्वास्थ्य...

Read More

सिटिजन्स बैंकको ५.९९५ स्थिर ब्याजदरमा “सजिलो घर कर्जा” र “सवारीसाधन” कर्जा सार्वजनिक

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने उद्घोषका साथ ५ वर्षका लागि स्थिर रहने गरी ५.९९ प्रतिशत प्रति बर्ष ब्याजदरमा “सजिलो घर कर्जा ” साथै ३ वर्षको लागि स्थिर रहने गरि ५.९९ प्रतिशत प्रति बर्ष ब्याजदरमा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत कायम रहेको व्याजदर घर कर्जा मा ५ बर्ष सम्म स्थिर र सवारीसाधन कर्जा मा ३ बर्ष सम्म स्थिर रहने छ । स्थिर अबधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५...

Read More

मोबाइल फोन आयातकर्ताबाट रसुवा बाढीपीडितका लागि ३१ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि मोबाइल फोन आयातकर्ताहरूको संस्था Mobile Phone Importers Association (MPIA) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । एमपीआईएले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम आज अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो । सहयोग रकम एमपीआईएका अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरूले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष मल्होत्राले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए । उनले सहयोगमा सहभागी सदस्य संस्थाहरूलाई धन्यवादसमेत व्यक्त गरे ।...

Read More

सुनको मूल्य बढ्यो

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको हो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ...

Read More

ग्यास अभावविरुद्ध विद्यार्थीको सांकेतिक प्रदर्शन, सडकमै खाना पकाए

काठमाडौं – खाना पकाउने एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउन अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा सांकेतिक प्रदर्शन गरेको छ । आरआर क्याम्पस अगाडिको सडकमा विद्यार्थीहरूले इँटा राखेर अस्थायी चुलो निर्माण गर्दै दाउरा बालेर खाना पकाएका हुन् । ग्यासको अभावका कारण सर्वसाधारणले भोग्नुपरेको समस्यालाई सरकारसमक्ष देखाउन सडकमा खाना पकाएर विरोध जनाइएको उनीहरूको भनाइ छ । विद्यार्थीहरूले बजारमा सहज रूपमा ग्यास उपलब्ध गराउन तथा अभावको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्...

Read More