Author: Himalaya Post

एमालेले निर्वाचन सहयोग समिति गठन गर्ने

काठमाडौँ– नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि यही वैशाख १० गतेभित्रमा जिल्लादेखि वडा तहसम्मको पार्टी कमिटीसँग समन्वय गरी निर्वाचन सहयोग समिति गठन गर्ने निर्णय गरेको छ । एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको मोर्चा सङ्गठनको बैठकमा सबै जनसङ्गठनले स्थानीय निर्वाचनको घोषणापत्रका लागि आ–आफ्नो सङ्गठनका काम र विशेषताका आधारमा यही वैशाख ७ गतेभित्रमा सुझाव तथा अवधारणा पार्टीको घोषणापत्र मस्यौदा समितिसमक्ष प्रस्तुत गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईले जानकारी दिए । स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी बनाउन सबै जनसङ्गठनलाई निर्वाचनको तयारी तथा प्रचारप्रसारको काममा परिचालन गर्न निर्देशन दिएको समेत उनले बताए । यसैगरी बैठकले यही...

Read More

चालु आर्थिक वर्षको पुँजीगत खर्च ३६ प्रतिशत मात्र

काठमाडौँ– सबै मन्त्रालय र मातहतका निकायको बजेट कार्यान्वयन गराउने जिम्मेवारी भएको अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३६ प्रतिशत पुँजीगत खर्च गरेको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा दोस्रो चौमासिक समीक्षा गर्दै यस्तो जानकारी दिइएको हो । बाँकी तीन महिनामा बजेट कार्यान्वयनलाई तीव्रता दिई असार मसान्तसम्ममा पुँजीगत खर्च ८० प्रतिशत पुर्याउने लक्ष्य सो अवसरमा सुनाइयो । समितिका अध्यक्ष रहेका उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले तीन महिनामा युद्धस्तरमा काम गरी पुँजीगत खर्च बढाउन मन्त्रालय र त्यसअन्तर्गतका निकायका प्रमुखलाई निर्देशन दिए । “बजेट कार्यान्वयनका लागि ठूला कुरा ग¥यौँ, व्यावहारिक रुपमा काम गर्न सकेनौँ, यस वर्ष ५०...

Read More

राजविराजमा सकेट बम निष्क्रिय

सप्तरी– सप्तरीको राजविराज नगरपालिका–१ स्थित गजेन्द्र चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक नजिक ओम श्री रोशन इम्पोरियम पसलमा फेला परेको सकेट बम नेपाली सेनाले आज निष्क्रिय गरेको छ । दुई दिनअगाडि पसलभित्र राखिएको सकेट बम फेला परेको सूचना पाएपछि राजविराजस्थित कृष्ण दल गणबाट सहसेनानी टीकासिँह बिष्टको नेतृत्वमा आएको नेपाली सेनाको टोलीले सो बमलाई निष्किृय गरेको सेनाले प्रहरीले जनाएको छ । ओम श्री रोशन इम्पोरियममा फेला परेको बम जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले राखेको जिम्मेवारी लिएको बताइएको छ । आगामी वैशाख ३१ गते हुने भनिएको स्थानीय निकाय तहको निर्वाचनलाई सशक्त र सशस्त्र विरोध गर्ने निर्णयअनुसार आर्थिक सहयोगको अपेक्षा राखी कार्यकर्ता पठाउँदा प्रहरीद्वारा पक्राउन षडयन्त्र गरेको भन्दै कारवाहीस्वरुप बम राखिएको प्रहरीको भनाइ छ...

Read More

क्यान्सर बिरामीको उपचारका लागि पाँच लाख सहयोग दिने सरकारको तयारी

भक्तपुर– स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने तयारी गरेको बताएका छन् । नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको हालै निर्माण सम्पन्न स्मृति भवनको पहिलो र दोस्रो तलाको साँचो हस्तान्तरण कार्यक्रममा उनले क्यान्सरका बिरामीको सहज उपचार होस् भनेर सहयोग रकम थप गर्ने तयारी गरेको बताएका हुन् । सरकारले विपन्न एवम् गरिब क्यान्सरका बिरामीका लागि सुरुमा रु ५० हजार सहयोग रकम दिँदै आएकामा यसलाई वृद्धि गरी हाल रु एक लाख दिँदै आएको छ । मन्त्री थापाले भने – “क्यान्सरको उपचार निकै महँगो छ, यसको उपचारमा सहज होस् भन्ने उद्देश्यले सरकारले कम्तीमा...

Read More

स्थानीय निर्वाचनका लागि चीनले दियो ११ प्रकारका निर्वाचन सामग्री

काठमाडौँ– चीन सरकारले २०७४ वैशाख ३१ गते हुने निर्वाचनका लागि आवश्यक पर्ने ११ प्रकारका निर्वाचन सामग्री निर्वाचन आयोगलाई उपलब्ध गराएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको समुपस्थितिमा निर्वाचन आयोगमा आज आयोजित समारोहमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली र नेपालका लागि चीनका राजदूत यू होङबाट निर्वाचन सामग्री उपलब्ध गराइएको विषयको एक सहमतिपत्रमा हस्ताक्षर भयो । नेपाल सरकारको अनुरोधमा चीन सरकारले स्थानीय तह निर्वाचनका लागि करिब १४ करोड ४० रुपैयाँ बराबरको निर्वाचनको सामग्री उपलब्ध गराएको हो । चीनबाट जेलपेन, स्ट्याम्प प्याड, स्ट्याम्प प्याड मसी, क्यालकुलेटर, स्केल, पञ्चिङ मेसिन, टेबल घडी, कैँची, ग्लुस्टिक र रबरम्याट प्याड सहयोग प्राप्त भएका हुन्...

Read More