Author: Himalaya Post

राप्रपाको चुनावी सभा सुरु

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनावमा पार्टीका कार्यक्रमलाई जनतासमक्ष पुर्याउन चुनावी सभा सुरु गरेको छ । देशका सबै अञ्चलमा गरिने उक्त सभामा पार्टीका आदर्श तथा चुनावी रणनीतिका बारेमा स्थानीय जनतालाई बुझाइने छ । सभामार्फत स्थानीय तहको पूर्वाधार विकास निर्माणका लागि आसन्न निर्वाचनको महत्व त्यसमा जनसहभागिताको खाँचो औँल्याइने छ । यही वैशाख १० गतेसम्म जारी रहने पार्टीको उक्त सभालाई व्यवस्थित बनाउन पार्टीका उपाध्यक्ष तथा महामन्त्रीलाई जिम्मेवारी दिइएको थियो । स्थानीय तहको निर्वाचनमा सो पार्टीलाई विजयी बनाउन पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गरी जनतासँग मत माग्ने कार्यक्रम छ । पार्टीका नेता राजाराम श्रेष्ठले करिब दुई दशकपछि हुन लागेको सो निर्वाचनले लोकतन्त्रको...

Read More

राष्ट्रपति भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ– भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि आज नयाँदिल्लीतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गरे । राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको छ । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएकोे थियो । सो राजकीय भ्रमणको पहिलो दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अघि नै भारत भ्रमणमा जाने भनिएपनि विविध कारणले पटक/पटक उनको भ्रमण...

Read More

तोकिएकै मितिमा निर्वाचन हुन्छ : उपप्रधानमन्त्री थापा

भीमदत्तनगर– उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गरेका छन् । आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृतहरुलाई आवश्यक निर्देशन दिँदै उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचनको तयारीमा दु्रत गतिमा जुट्न निर्देशनसमेत दिए । जिल्ला समन्वय समितिमा आयोजना भएको उक्त कार्यक्रममा बोल्दै जनशक्ति अभाव हुँदाहुँदै पनि कर्मचारीहरुले काम गरिरहेको बताउँदै उनले छिट्टै नयाँ संरचनाअनुसार कर्मचारी व्यवस्थापन गर्ने बताए। “जनताको काममा सशक्त ढङ्गबाट जुट्नहोस्” – मन्त्री थापाले भने। निर्देशन कार्यक्रममा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिकाका कार्यकारी प्रमुखहरुको उपस्थिति रहेको जिल्ला समन्वय समितिको कार्यालय, कञ्चनपुरका कार्यकारी सचिव प्रेम बोगटीले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्न उपप्रधान तथा स्थानीय विकासमन्त्री थापासहित राप्रपाको पार्टी नेतृत्व भीमदत्तनगर आइपुगेको छ...

Read More

मोर्चाले आन्दोलनको घोषणा गर्नु आश्चर्यजनकः मन्त्री नायक

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले मधेसी मोर्चाले सरकारसँगको छलफलमा सहमति जनाउने तर बाहिर भने आन्दोलनको घोषणा गरेर नाटकीय चरित्र देखाएको आरोप लगाएका छन् । आज आयोजित अन्तक्रियामा उनले भने, “मोर्चाको विचार नाटकीय रुपमा बाहिर आएको छ । सरकार मोर्चाको मागको हदैसम्म लचकता अपनाएर सम्बोधन गर्न लागिपरेको बेला मोर्चाले आन्दोलनको घोषणा गर्नु आश्चर्यनजक छ ।” तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्दै मन्त्री नायकले संसदमा दर्ता भएको दोस्रो संविधान संशोधन प्रस्तावमा मोर्चाले नै उठाएका सबै माग समेटिएकाले अपुग भएका कुरा छलफलमा बसेर टुङ्गो लगाई निर्वाचनमा जानुपर्ने बताए । “सरकार यतिसम्म लचक भएको छ कि...

Read More

बेगनास तालमा पम्प स्टोरज गरेर तीन सय मेघावाट विद्युत् उत्पादन गरिने

रमेश लम्साल, काठमाडौँ– नेपालमा पहिलो पटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो । पम्प स्टोरेज आयोजनामा प्रयोग भएको पानी पुनःबिजुलीकै सहयताले माथितानी पुनः विद्युत् उत्पादन गर्ने गरिन्छ । छिमकी राष्ट्र चीनमा यस प्रकारका आयोजना बढी सञ्चालनमा छन् । लेखनाथको सुन्दरडाँडास्थित बेगनासको पानी रुपा तालमा खसालेर करिब एक सयदेखि तीन सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । बेगनास माथिल्लो र रुपा तल्लो तहमा पर्छ । विद्युत्को अध्याधिक माग...

Read More