Author: Himalaya Post

वाग्मती सफाइ महाअभियानको पाँच वर्ष पूरा, के भयो उपलब्धी ?

काठमाडौँ– वाग्मती सफाइ महाअभियान आजदेखि चार वर्ष पूरा भई पाँचौँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा आज महाअभियानले काठमाडौँ महानगरपालिका–१ नक्सालस्थित नारायणचौरको नन्दिकेशर बगैँचामा सफाइ गरेको छ । सफाइमा वाग्मती सफाइका अग्रज अभियानकर्मी एवम् सामुदयिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठको संयोजनमा स्थानीय समुदाय, सामुदयिक प्रहरी सेवा केन्द्र, प्रहरी १ नं गण नक्साल, विशेष फौज वाहिनी महाराजगन्ज, १ नं वडाका नवनिर्वाचित वडाध्यक्ष भरतलाल श्रेष्ठ, वडा सदस्यहरु राजकुमार श्रेष्ठ, मीना सुनार, रसला तण्डुकार र अशोक श्रेष्ठको समेत उपस्थिति थियो । नेपाली सेनाका वाहिनीपति बाबुकृष्ण कार्कीसहित ३०० को समूह, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरसहित २०० को समूहलगायत कार्यक्रममा वाग्मती, रुद्रमती...

Read More

निर्वाचनका कारण रगत अभाव

भरतपुर– निर्वाचनको कारण दुई सातायता कुनै पनि संस्थाले रक्तदानको कार्यक्रम नगर्दा जिल्लामा रगतको अभाव भएको छ । रगत आवश्यकपर्ने बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्ने बाध्यता आइपरेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार निर्वाचनको मनोनयन दर्तासँगै सबै निर्वाचनमा जुटेपछि रक्तदान कार्यक्रमको आयोजना नहुँदा रगतको अभाव भएको हो । अस्पतालका बिरामीले रगत नपाएपछि भरतपुरको मनकामना अस्पतालले आज आफैले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । अस्पतालका सञ्चालक ध्रुव काफ्लेले आफ्नो अस्पतालमा रगत चाहिएका बिरामीले रगत नपाएपछि अस्पतालले नै रक्तदान कार्यक्रम गर्न लागेको बताए । उनले भने “बिरामीले रगत पाउन छोडे, मानवीय सेवा र कर्तव्य दुबै हुने भएकाले रक्तदान कार्यक्रमको...

Read More

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको मेयर र उपमेयर दुबैमा कांग्रेस विजयी

काठमाडौँ– कोमाडौँको गोकर्णेश्वर नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा एमालेका पुण्य चौलागाईंलाई पराजित गर्दै नेपाली कांग्रेस सन्तोष चालिसे विजयी भएका हुन् । विजयी भएका चालिसेले १० हजार ९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पुण्य चौलागाईले ७ हजार ५९५ मत ल्याएका थिए । यसैगरी तेस्रो स्थानमा माओवादी केन्द्रका टीआर नेपालले १६०५ मत ल्याए भने पुछारमा रहेका राप्रपाका श्याम श्रेष्ठले ७९१ मत ल्याएका छन् । यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसले बाजी मारेको छ । कांग्रेसकी शान्ति नेपालले ८ हजार ५९८ मत मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी...

Read More

नुवाकोटको ककनी गाउँपालिकामा ‘माओवादी केन्द्र’ विजयी

नुवाकोट – नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । ककनी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्षमा मानबहादुर लामाले चार हजार ५३४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपेश लामाले तीन हजार ५९१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा माओवादी केन्द्रकै सीता लामाले चार हजार १३३ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी लजिता लामाले तीन हजार ६९७ मत ल्याएकी छन्। ककनीमा ८ वडा रहेकामा चार वडाको वडाध्यक्षमा माओवादी केन्द्र, तीन वडामा एमाले र एकमा काँग्रेस विजयी भएको छ । ककनी–१ मा एमालेका चन्द्रबहादुर श्रेष्ठ बलामी,...

Read More

सिन्धुपाल्चोकको  सुनकोसी गाउँपालिकामा काँग्रेस विजयी

चौतारा– सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद जिसी चार हजार ३६० मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवप्रसाद न्यौपानेले तीन हजार ९४४ मत प्राप्त गरेका छन् । त्यसैगरी उपप्रमुखमा काँग्रेसकै लक्ष्मी पौडेलले चार हजार २०६ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकै देवी अधिकारीले तीन हजार ७८६ मत प्राप्त गरेकी छन् । विजयी उपप्रमुख पौडेल पत्रकार हुन् । सो गाउँपालिकाको वडा नं १, २, ४ र ६ मा नेपाली काँग्रेसका क्रमशः नेत्रबहादुर कार्की, विष्णु महत, देवेन्द्र खड्का र रामकुमार थापा प्यानलसहित विजयी भएका छन् भने वडा नं ३,...

Read More