Author: Himalaya Post

नाबालकसहित दुई जनालाई कैद सजाय

बैतडी– हत्या आरोपमा पक्राउ परेका नाबालकसहित दुई जनालाई कैद सजाय भएको छ । कैद सजाय हुनेमा दार्चुला अपि नगरपालिका–४ का १७ वर्षीय रमेशसिंह कुँवर र सोही ठाँउका १४ वर्षीय नाबालक केशव कुँवर (नाम परिवर्तन) रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए । उनले भने “रमेशलाई २० वर्ष कैद सजाय र नाम परिवर्तित केशवलाई १० वर्ष नौ महिना कैद सजाय भएको छ ।” गएको भदौ २६ गते दार्चुला अपि–४ का २२ वर्षीय गणेशसिंह कुँवरलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका २७ वर्षीय धीरेन्द्रसिंह कुँवर समेत पक्राउ परेको भए पनि धीरेन्द्रले सफाइ पाएको प्रहरीले...

Read More

ढोरपाटनमा एउटै झारलको सिकार गर्न १३ लाख तिरे सिकार एजेन्सीले

बागलुङ– ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीनवटा झारलको सिकारका लागि अनुमति दिएको छ । नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एन्ड ट्रेल्स प्रालिले सिकार खेलाउने छन् । बोलपत्र आह्वानका क्रममा भएको प्रतिस्पर्धाले यस याममा सिकारको दर बढेकोे छ । एउटा झारल सिकार गरेबापत रु १३ लाख पाँच हजार राजस्व सरकारलाई बुझाउन सिकार एजेन्सी तयार भएका छन् । नाउर सिकारको दर भने बढीमा रु आठ लाख ७५ कायम...

Read More

ट्रकको ठक्करबाट एसइई परीक्षा दिने परीक्षार्थीको मृत्यु

राजविराज– पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको आज बिहान मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ठाकुर रुपनगरस्थित शङ्कर उच्च माविमा परीक्षा दिन भारदहको बिपी मावि परीक्षा केन्द्रबाट परीक्षा दिन जाँदै गर्दा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ...

Read More

राप्रपाले आज निर्वाचन आयोग घेराउ गर्ने

काठमाडौँ– विधानबाट राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको विरोधमा सत्तारुढ राप्रपाले निर्वाचन आयोग घेराउ गर्ने भएको छ । आयोगले यसअघि राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाएर प्रमाणित गर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न लागिएको राप्रपाले जनाएको छ । राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाका नेता–कार्यकर्ताहरु सोमबार दिउँसो १२ बजे शान्तिवाटिकामा जम्मा भएर आयोग कार्यालयसम्म पुगेर प्रदर्शन गर्नेछन् । त्यसपछि आयोग कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रम छ । स्वतन्त्र बिचार बोक्न पाउनुपर्ने संवैधानिक अधिकारमा आयोगले कुठाराघात गरेको राप्रपाको आरोप छ । आयोगको निर्णयबाट असन्तुष्ट राप्रपाले...

Read More

सुनसरीमा चार लाख २९ हजार मतदाता

इनरुवा– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीबाट चार लाख २९ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् । यहाँ पछिल्लो तीन वर्षकै अवधिमा झन्डै ६० हजार मतदाता थपिएका हुन् । जिल्लामा हालसम्ममा चार लाख २९ हजार ८२३ मतदाताको नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी जानकी कर्णले जानकारी दिए । यस वर्ष मात्र ११ हजार नयाँ मतदाता बढेको कार्यालयका नायब सुब्बा शान्तिबहादुर अधिकारीले बताए । जिल्लामा विवाह गरेर आउने महिला, विदेशबाट फर्किएका पुरुष र उमेर पुगेका व्यक्ति तथा पहाडी जिल्लाबाट सरेर आएका बढेकाले मतदाता सङ्ख्या ह्वात्तै बढेको प्रमुख कर्णको भनाइ छ । यता हालै सरकारको निर्णयानुसार सुनसरीमा...

Read More