Author: Himalaya Post

ब्यालेन्स सकिएमा अब टेलिकमले पनि लोन दिने

काठमाडौँ– नेपाल टेलिकमले जीएसएम तथा सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा पनि कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र हंकङ्गस्थित टेक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रा.ली.बीच सम्झौता भइसकेको टेलिकमले जनाएको छ । सम्झौताअनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ । कम्पनीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच सम्पन्न उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रा.ली. को तर्फबाट सो प्रा. लि.का निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका थिए । कम्पनीका ग्राहकलाई थप सुविधा प्रदान गर्दै जाने...

Read More

शाहको हत्याको विरोधमा जाजरकोट बन्द आह्वान

जाजरकोट– नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य तथा पाँचतारा संरक्षण मञ्चका अध्यक्ष रवीन्द्र शाहको हत्याको विरोधमा आज जिल्ला बन्द आह्वान गरिएको छ । स्थानीय बासिन्दाले दोषीमाथि तत्काल कारबाहीको माग गर्दै बन्द गरेका हुन् । मङ्गलबार बेलुका भेरी नगरपालिका–३ निवासी ३६ वर्षीय शाहलाई कार्यालयको काम सकेर घुम्न निक्लिएको अवस्थामा जिल्ला अस्पताल नजिक जाजरकोट डोल्पा सडकमा ढुङ्गा प्रहार गरी अज्ञात समूहले हत्या गरेको थियो । हत्याको नागरिक समाज, नेविसङ्घ, नेपाली काँग्रेस जाजरकोटलगायतले विज्ञप्ति निकालेर विरोध गरेका छन् । सँगै घुम्न गएका पाँच जनालाई प्रहरीले नियन्त्रण लिएर सोधपुछ जारी राखेको छ । काठमाडौँमा बिरोध प्रदर्शन शाहको हत्याको विरोधमा नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको...

Read More

राप्रपा छोडेका लोहनीले गरे नयाँ पाटीको गठन

काठमाडौँ– राप्रपाबाट असन्तुष्ट बनेर पार्टी परित्याग गरेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी नामक नयाँ पार्टी गठन गरेका छन् । लोहनी अध्यक्ष रहेको सो पार्टीमा केशर बहादुर विष्टलाई वरिष्ठ नेता बनाइएको छ । पहिलो चरणमा अध्यक्ष र वरिष्ठ नेता सहित ७१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । सो पार्टीले आजै निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएको छ । निर्वाचन आयोगले भने स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र आचार संहिता लागु भएकाले प्रक्रिया पूरा गरेर निर्वाचन पछि मात्रै दल दर्ता गर्ने बताएको छ । राप्रपा र राप्रपा नेपालबीच पार्टी एकिकरणपछि पार्टीको चुनाव चिन्ह हलो राख्ने...

Read More

स्थानीय तह निर्वाचनको सुरक्षा तयारी पूरा, गृहद्वारा अर्थ मन्त्रालयसँग सवारीसाधन किन्न मात्रै रु चार अर्ब माग

किरण भट्टराई, काठमाडौँ– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए । केन्द्रीय तहमा सुरक्षा योजना बनिसकेको छ भने क्षेत्रीय र जिल्ला तहमासमेत सुरक्षा योजना बन्दैछन्, उनले भने– ‘ एक हप्ताअघिनै १५ दिनभित्र योजना प्रस्तुत गर्न सबै जिल्लामा निर्देशन जारी गरिसकिएकाले अबको एक हप्ताभित्र सबै जिल्लाबाट सुरक्षा योजना आइपुग्नेछ ।’उन्नाइस वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनले ३६ हजार जनप्रतिनिधि चयन हुने भएकाले पनि यसले गाउँ, टोलस्तरसम्म प्रत्यक्ष प्रभाव...

Read More

‘पचास प्रतिशत महिलाको उम्मेदवारी हुनुपर्छ’ : डा. यादव

बनेपा– प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने सुुझाव दिएका छन् । निर्वाचन कार्यालयको आयोजनामा आजदेखि धुलिखेलमा सुरु भएको लोकतन्त्र, सुशासन, निर्वाचन, लैङ्गिक तथा समावेशीसम्बन्धी विषयमा निर्वाचन सरोकार भएकाहरुसँग भएको अभिमुखीकरणमा उनले विगतका निर्वाचनमा ३३ प्रतिशत महिलाको प्रावधान कार्यान्वयन नभएको बताउँदै अब महिलाबाहेक, दलित, जनजाति सबै वर्गको सुनिश्चितता आवश्यक छ भने । डा यादवले राजनीतिक दलले जसरी पनि चुनाव जित्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने सुझाव पनि दिए। आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनका सबै प्रक्रिया र चरणमा महिलाको समान पहुँच आवश्यक भएको बताए ।काभ्रेपलाञ्चोकका प्रजिअ शिवप्रसाद सिंखडाले लोकतन्त्रलाई जीवन्त राख्न आवधिक निर्वाचन आवश्यक भएकामा जोड...

Read More