Author: Himalaya Post

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलले आफूहरुले प्रमुखताका साथ उठान गरेको संविधान संशोधनको माग पूरा नगरिएको जनाउँदै सदनको बैठक बहिष्कार गरेका छन्। सभामुख ओनसरी घर्तीले सदनको आजको बैठक सुरु गर्नासाथ मोर्चामा आबद्ध दलका सांसदहरु आआफ्ना स्थानबाट उठेका थिए। सो क्रममा तराई–मधेस लोकतान्त्रिक पार्टीका जङ्गीलाल यादवले ‘राजनीतिक वातावरण नबनाई सरकारले स्थानीय निर्वाचन घोषणा गरेकाले’ मधेसका जनतामा आक्रोश आएको आरोप लगाए । उनले संविधान संशोधन नगरी स्थानीय निर्वाचन हुन नसक्ने जनाउँदै सहमति र सहकार्यबाट संविधान संशोधन गर्न माग गरे । सांसद यादवले आफ्नो भनाइ समाप्त गरेपछि मधेसी मोर्चामा आबद्ध दलका सांसदहरु सदनको आजको बैठकबाट बाहिरिएका थिए...

Read More

सरकारी स्वामित्वमा रहेको गैंडाछाप सिमेन्टको उत्पादनमा वृद्धि

उदयपुर– पछिल्लो समयमा ऊर्जा आपूर्ति सहज भएसँगै नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादनमा वृद्धि गरेको छ । उद्योग व्यवस्थापनका अनुसार उद्योगले हाल साढे पाँच सयबाट दैनिक सात सय मेट्रिक टन गैंडाछाप सिमेन्ट उत्पादन गर्ने गरेको छ । सिमेन्ट उत्पादनमा वृद्धि हुनाका कारणबारे उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल भन्छन्, “विगतमा उद्योगलाई आवश्यक पर्ने कोइला, विद्युत् र सामग्री ढुवानीमा समस्या हुने गरेको थियो । अहिले त्यस्ता समस्या छैनन् । केही समययता आएर ऊर्जा आपूर्ति सहज हुँदै गएपछि उद्योगले सिमेन्ट उत्पादन क्षमतामा वृद्धि गरेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगको सिमेन्ट उत्पादन गर्ने केही मेसिनको समेत मर्मत गरिएकाले प्रतिदिन सात...

Read More

संसदमा प्रतिनिधित्व गरिरहेका रहेका २६ दललेमात्र आफ्नो चुनाव चिन्ह पाउने, अरु दलको के हुन्छ ? थाहापाउनुस् !

काठमाडौँ– आउँदै गरेको स्थानीय तहमा सहभागी हुनका लागि दोस्रो संविधानसभा निर्वाचनबाट संसद्मा प्रतिनिधित्व गरिरहेका दलहरुले मात्रै आफ्नो अर्थात् यसअघि प्राप्त चुनाव चिन्ह पाउने भएका छन् । आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने १ सय १२ दलमध्ये संसद्मा प्रतिनिधित्व गरी निर्वाचन आयोगमा दर्ता भएका दललाई मात्र उनीहरुले तोकेको चुनाव चिन्ह पाउने निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने दलहरुमध्ये निर्वाचन आयोगको मिति २०७२ फागुन २१ गते को निर्णयबाट दल दर्ता खारेज भएको समाजवादी जनता पार्टी र संसदमा प्रतिनिधित्व गर्ने नेपाः राष्ट्रिय पार्टी आयोगमा दर्ता नभएकाले स्थानीय चुनावमा भाग लिन नपाउने बताइएको...

Read More

कास्कीमा एक सय पचास मतदानस्थल हुने

पोखरा– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० मतदानस्थल निर्धारण गरिएको छ । तेत्तीस वडा रहेको पोखरा–लेखनाथ महानगरपालिकामा ९८, सात वडा रहेको रुपा गाउँपालिकामा आठ, १२ वडा रहेको मादी गाउँपालिकामा १७, ११ वडा भएको अन्नपूर्ण गाउँपालिकामा १५ र नौ वडा भएको माछापुच्छ्रे गाउँपालिकामा १२ मतदानस्थल बनाउन निर्वाचन आयोगमा सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए । कार्यालयका प्रमुख सुवेदीका अनुसार हरेक मतदानस्थलमा एक हजारभन्दा बढी मतदाता भएमा मतदान केन्द्र थपिँदै जाँदा जिल्लामा झन्डै तीनको हाराहारीमा मतदान केन्द्र पुग्ने छन् । प्रजिअ हरिप्रसाद मैनालीको अध्यक्षतामा गठित मतदानस्थल सिफारिस समितिले सो...

Read More

इटहरीमा निर्वाचन आयोगविरुद्ध राप्रपाको जुलुस

इटहरी– राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आज त्यसविरुद्ध यहाँ विरोध प्रदर्शन गरेको छ । पार्टीको जुलुसले इटहरी बजारको परिक्रमा समेत गरेको छ । राप्रपा सुनसरी सभापति रोहित कार्कीको नेतृत्वमा निक्लिएको जुलुृसमा राप्रपाका नेता दिलनाथ गिरीले पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा हटाइदिएकाले परिआएको बेला सरकारबाट पनि हट्न सक्ने जिकिर गरे । राप्रपा निर्वाचनको पक्षमा रहेको र चाँडो र तोकिएकै समयमा निर्वाचन गराउनका लागि प्रतिबद्ध हुँदाहुँदै पनि आयोगले गलत नियत राखेर सो काम गरेको आरोप संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गिरीले लगाए...

Read More