Author: Himalaya Post

अन्तिम २ बलमा स्मिथले छक्का हानेपछि पूणेद्वारा मुम्बई ७ विकेटले पराजित

काठमाडौँ– स्टिभन स्मिथको कप्तानी इनिङका कारण राइजिङ पूणे सुपरजायन्ट्सले आइपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। मुम्बईले विजयका लागि राखेको १ सय ८५ रनको लक्ष्यलाई १ रन बाँकी रहँदा पूणेले पुरा गर्यो। जितका लागि अन्तिम ३ बलमा १० रन आवश्यक रहेको बेला स्मिथले किरोन पोलार्डको चौथो र पाँचौ बलमा लगातार दुई छक्का प्रहार गर्दै पूर्णलाई जित दिलाए। भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई पदस्थापन गरेर यसपालि स्मिथलाई कप्तानी दिइएको थियो। उनले ५४ बलमा ३ छक्का र ७ चौकाको सहयोगले अविजित ८४ रन बनाए। उनले अजिङ्क रहाणेसँग मिलेर दोस्रो विकेटका लागि ५८ रनको साझेदारी पनि गरेका थिए।...

Read More

निर्वाचनमा ३३ प्रतिशत महिला प्रतिनिधित्वको माग

सिन्धुली– अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । दलहरु निर्वाचनको तयारीमा होमिएका छन् । तर महिला प्रतिनिधित्वका सवालमा भने खासै चर्चा भएको पाइएको छैन । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घ जिल्ला कार्यसमितिले स्थानीय निकायको निर्वाचनमा प्रमुख पदका लागि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने माग राखेको छ । महिला सङ्घले पार्टीको जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख पदमा ३३ प्रतिशत महिलालाई निर्वाचनमा अनिवार्य टिकट दिनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाइएको महिला सङ्घका जिल्ला अध्यक्ष गङ्गा दाहालले बताइन् । स्थानीय तहमा महिला सहभागिता बढाउनका लागि वडामा दुईजना सदस्य र स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला हुनुपर्ने...

Read More

दैनिक एकहजार सवारी कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दैनिक एक हजारभन्दा बढी सवारीसाधन कारबाहीमा पर्ने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार लेन अनुशासन, जथाभावी सवारी पार्किङ, मादकपदार्थ सेवन, बिनालाइसेन्स सवारी चलाउनेलगायत शीर्षकमा दैनिक एक हजारभन्दा बढी सवारी कारबाही हुने गरेको हो । महाशाखाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले दैनिक दुई हजारभन्दा बढी सवारीसाधन जाँच गर्ने र एक हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरिएको बताए । उनले लेन अनुशासन, मापसे, लाइसेन्स जाँच, जथाभावी सवारी पार्किङलगायत कामलाई कडाइका साथ जाँच गरेपछि दुर्घटनामा केही कमी आएको जानकारी दिए । महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई अवस्थाअनुसार रु पाँच सयदेखि एक हजार...

Read More

नेपाल रेडक्रसको महाधिवेशन आइतबारदेखि

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीको ४६ औँ महाधिवेशन सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा यही चैत २७ र २८ गते हुने भएको छ । देशका ७५ जिल्लाबाट दुईसय २५ प्रतिनिधि तथा पदाधिकारीलगायतको सहभागितामा महाधिवेशन हुनेछ । ‘सामुदायिक उत्थानशीलताका लागि साझेदारी’ भन्ने मूल नाराका साथ हुने उक्त महाधिवेशनले सो संस्थाका लागि आवश्यक वार्षिक बजेटका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । विसं २०२१ भदौ १९ गते सिंहदरबारको गद्दी बैठकबाट स्थापना गरिएको र प्रत्येक वर्ष महाधिवेशन हुने भएपनि यस वर्ष नेतृत्व चयन हुने छैन । प्रत्येक चारवर्षमा एकपटक नेतृत्व चयन हुने गर्दछ । दैवी प्रकोप तथा विपत् व्यवस्थापनमा क्रियाशील रहने उद्देश्यले स्थापित सो संस्थाको...

Read More

स्वास्थ्य चौकीमै सुरक्षित गर्भपतन सेवा

म्याग्दी– म्याग्दी जिल्लाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतनलाई सहज बनाउन सुविधा थपिएपछि सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा गर्भपतनका बारेमा समाजमा हल्ला फैलने त्रासका कारण अविवाहित र विवाहित महिलाले निजी क्लिनिकबाट औषधि खरिद गरी जोखिमपूर्ण तरिकाले प्रयोग गर्ने गरेका घटना सार्वजनिक हुने गरेका थिए । पछिल्लो एक वर्षयता जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, दरवाङ र १२ वटा स्वास्थ्य चौकीमा रहेका सुरक्षित गर्भपतन केन्द्रमा पु्गेर सेवाग्राहीले सेवा लिन थालेपछि असुरक्षित गर्भपतन गर्नेको सङ्ख्यामा ह्वात्तै कमी आएको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरी ‘आइपास’ नामक संस्थाले जिल्लामा आधुनिक सेवासँगै ग्रामीणस्तरमा विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएपछि लुकिछिपी सेवा...

Read More