Author: Himalaya Post

अमेरिकामा मन्दिर निर्माण गर्न नेपालीद्वारा छ लाख डलरमा जग्गा खरिद

वासिङ्टन डिसी– नेपालीको बाहुल्यता भएको मेरिल्यान्ड राज्यमा नेपाली संस्कृति झल्कने हिन्दू बौद्ध मन्दिर निर्माणका लागि छ लाख ८० डलरमा जग्गा तथा भवन खरिद गरिएका छन् । बैंकको लिलाममा रहेको करिब १० लाख डलर पर्ने मूल्यको ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको छ । अमेरिकामा रियल स्टेटको क्षेत्रमा क्रियाशील तथा मन्दिर निर्माणका लागि बोर्ड अफ ट्रष्टी समेत रहेका कृष घिमिरेको पहलमा उक्त भौतिक संरचना खरिद गर्न नेपाली समुदाय सफल भएको हो । “खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया हामीहरुले शुक्रबार सम्पन्न गरेका छौँ,” घिमिरेले भने – “अब यसको मर्मत...

Read More

हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्तः नेता राणा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशमशेर राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मूल सिद्धान्त भएकाले त्यसलाई कायम गरी छाड्ने बताएका छन्। काठमाडौँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको ‘जनताका माझमा राप्रपा’ विषयक अगुवा कार्यकर्ता भेलामा उनले सोही सिद्धान्तका आधारमा पार्टीले पटकपटक जनताको विश्वास प्राप्त गरेको बताउँदै निर्वाचन आयोगले षड्यन्त्रपूर्ण तरिकाले सो सिद्धान्तलाई विधानबाट खारेज गर्न गरेको निर्णय अवैध रहेको बताए । आसन्न स्थानीय तहको चुनावमा पार्टीलाई कसरी सफल बनाउने भन्नेबारेमा नेता तथा कार्यकर्ताले चिन्ता गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राणाले जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिए । पार्टीका नेता राजाराम श्रेष्ठले कार्यकर्ताको बलिदान र मेहेनतले अहिले पार्टीले...

Read More

भारतले प्रति नेपाली चार हजार पाँच सय भारुमात्र साट्ने

काठमाडौँ– भारतले नेपालीसँग रहेको भारु पाँच सय र हजार दरका नोट प्रतिव्यक्ति चार हजार पाँच सयसम्म सटही गर्ने भएको छ । भारु सटहीबारे टुङ्गो लगाउन शनिबार नेपाल आएको भारतीय टोलीले प्रतिव्यक्ति साढे चार हजारसम्म सटही गर्न सक्ने बताएको हो । आइतबार बिहान राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा बसेको बैठकमा भारतीय टोलीले आफ्नो निर्णय सुनाउँदै यस्तो बताएको हो । राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म भारु सटही सुविधा माग गरिरहेको समयमा भारतले चार हजार पाँच सयसम्मको मात्र सटही गर्न सकिने बताएको छ । तर, भारतीय निर्णयप्रति राष्ट्र बैंकले असन्तुष्टि जनाएको छ । यसकारण सोमबार पुनस् बैठक बस्ने सहमति भएको राष्ट्र...

Read More

सामूहिक माछापालनमा किसान

बागलुङ– काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । चार किसान मिलेर चार वर्षअघि सुरु गरेको सामूहिक माछापालन व्यवसायले यथेष्ट आम्दानी दिएको हो । अघिल्लो वर्ष रु चार लाखको माछा बिक्री गरेको नमुना माछा तथा बाख्रापालन समूहका अध्यक्ष रनबहादुर थापाले बताए । थापासँगै बलबहादुर, पहलमान र लालसिंह थापाले रु १० लाखको लगानीमा माछापालन सुरु गरेका थिए । “वर्षमा ८०० किलोसम्म माछा बिक्री गर्छौं”, समूहका अध्यक्ष थापाले भने – “बर्सेनि माछापालनलाई विस्तार गर्दै लगेका छौँ ।” दस रोपनी क्षेत्रफलमा आठ वटा पोखरी निर्माण गरेर माछापालन गरिएको उहनको भनाइ छ । सुरुमा पोखरीमा ३० हजार भुरा माछा छोडिएकामा...

Read More

बर्दियामा स्थानीय चुनावका लागि १५४ मतदानस्थल

बर्दिया– आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा ३५५ मतदान केन्द्र र १५४ मतदानस्थल कायम गरिएको छ । निर्वाचन प्रयोजनका लागि जिल्लामा वैशाखको पहिलो हप्ताभित्र निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय, बर्दियाले जनाएको छ । यसअघि २०७० सालको संविधानसभा चुनावमा ३१३ मतदान केन्द्र र १४७ मतदानस्थल रहेको थियो । निर्वाचनमा दुई लाख ५९ हजार दुई जना मतदाताले मतदान गर्न सक्ने प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । तीमध्ये एक लाख ३० हजार २७७ महिला, एक लाख २८ हजार ७२० पुरुष र पाँछ जना तेस्रोलिङ्गी गरी कुल दुई लाख ५९ हजार दुई जना मतदाता रहेका जिल्ला...

Read More