Author: Himalaya Post

हात्ती आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया– गाउँ पसेको हात्तीलाई धपाउन खोज्दा हात्तीको आक्रमणबाट मंगलबार राति एकजना युवकको मृत्यु भएको छ। बर्दियाको बबई नगरपालिका–३ कर्मला गाउँमा गएराति हात्तीको समूह गाउँमा प्रवेश गरेको थियो। गाउँलेले हात्ती धपाउने क्रममा हात्तीको आक्रमणमा परी बबई नगरपालिका–३ कर्मला गाउँका १८ वर्षीय अमृत भनिने विजय नेपालीको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। घाइते भएका नेपालीको घटनास्थलमा नै मृत्यु भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जआसपास बसोबास गर्ने नागरिकलाई सुरक्षित राख्न निकुञ्जले करेन्ट सहितको तारबारको व्यवस्था गरेपनि त्यो प्रभावकारी हुन सकेको...

Read More

राज्यका प्रमुख तीन निकायमा महिला हुनुु इतिहासको सुखद संयोग : राष्ट्रपति भण्डारी

महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्ने धारण व्यक्त काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले महिला समानताका लागि महिलाको आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नु जरुरी भएको बताउनुभएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रलायले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजना गरेको विशेष समारोहमा उहाँले समान रुपमा महिलाको विकासका लागि आर्थिक र सामाजिक प्रतिष्ठा वृद्धि गर्नुपर्ने जरुरी भएको बताउनुभएको हो । राष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपालमा महिला विकासको विशेष कार्यक्रमहरु सञ्चालन भइरहेका छन्, तर पनि सोचअनुरुप उपलब्धि हासिल हुन सकेको छैन् ।” उहाँले नेपालमा राज्यको तीन प्रमुख निकायमा महिला हुनुु इतिहासको सुखद संयोग भएपनि यसलाई निरन्तरता दिने विषयमा चुनौती रहेको बताउनुभयो ।...

Read More

गर्मी बढेसँगै लमजुङका भेँडीगोठ लेकतिर

लमजुङ– जाडो मौसम छल्नका लागि बेँसीतिर सारिएका भेंडीगोठ पुनः लेकतिर सर्न थालेका छन् । हिमाली भेगबाट चिसो छल्नका लागि गाउँ र बस्ती नजिकै डाँडाकाँडामा आइपुगेका भेंडीगोठ गर्मी बढ्न थालेकाले लेक र खर्कमा फर्कन थालेका हुन् । उत्तरपश्चिम लमजुङका भेंडीगोठ मनाङ र कास्कीको सिमानासम्म पुग्ने गर्दछन् । विशेष गरी दूधपोखरी नजिकै थुर्जु लेक, लमजुङ हिमालको काखलगायतका ठाउँ भेंडिगोठको लागि प्रख्यात छ । पश्चिम लमजुङको भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, घलेगाउँ, उत्तरी लमजुङको सिउरुङ, ताघ्रिङ, भूलभूले, र उत्तर पूर्वी लमजुङको इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनीलगायतका ग्रामीण क्षेत्रमा भेंडीगोठ उल्लेख्य मात्रामा छन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा २१ गाविसका ८१ वटा...

Read More

तीन दलको बैठक सकियो, स्थानीय चुनाव स्थगित गर्न पाइदैन: एमाले

काठमाडौँ- सप्तरी घट्नापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा लगायत समसामयिक विषयमा छलफल गर्न बसेको प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक भर्खरै सम्पन्न भएको छ । विपक्षी दलको मेची–महाकाली अभियान विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ३ जनाको मृत्यु भएपछि कार्यक्रम स्थगित गरेर काठमाडौं आएका एमाले शीर्ष नेताहरुले बुधबार कांग्रेस र माओवादीका शीर्ष नेताहरुलाई भेटेका हुन् । बालुवाटारमा बुधबार भएको भेटमा एमाले नेताहरुले सप्तरी घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनीहरुले वैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नपाउने बताएका छन् । बुधबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन...

Read More

फेसबुक मेसेन्जरमा अब डिसलाइक बटन पनि

काठमाडौँ– फेसबुक मेसेन्जरमा कसैसँग च्याट गरिरहेको बेला यदि तपाइँलाई उसको कुरा मन परेन भने अब डिसलाइकको बटन थिचेर आफ्नो असन्तुष्टि पोख्न सक्नुहुनेछ । फेसबुकका पोष्टहमा प्रतिक्रिया जनाउने विकल्पहरुका बारेमा बहस चलिरहेका बेला फेसबुकले आफ्नो मेसेन्जर सर्भिसमा चाहीँ डिसलाइक बटनको सुविधा दिने भएको हो । टेक्नोलोजी वेबसाइट टेक क्रन्च डट कमको रिपोर्ट अनुसार फेसबुकले आफ्नो मेसेन्जर सर्भिसमा विद्यमान रिएक्सन्सका विकल्पहरुमा डिसलाइकको अप्सन पनि थप्नेछ । फेसबुकको श्रोतको हवाला दिँदै भनिएको छः हामीले मेसेन्जरका प्रयोगकर्तालाई धेरै भन्दा धेरै नजिक तथा मज्जेदार बनाउने तरिका खोजी गरिरहेका हुन्छौँ । यो पनि एउटा सानो प्रयास हुनेछ । जसमा हामीले आफ्ना प्रयोगकर्तालाई एउटा इमोजीको माध्यमबाट...

Read More