Author: Himalaya Post

अन्ततः राप्रपाको चुनाव चिन्ह गाई

काठमाडौँ, फागुन २० । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्ह गाई राख्ने निर्णय गरेको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा २ दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले गाईलाई चुनाव चिन्ह राख्ने निर्णय गरेको सो पार्टीका नेता राजाराम श्रेष्ठले बताएका छन् । तत्कालिन राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि हलो र गाई कुन चुनाव चिन्ह राख्ने भन्ने बिषयमा पार्टी भित्र विवाद देखिएको थियो । केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यले चुनाव चिन्ह गाई नै उपयुक्त हुने धारणा राखेपछि सर्बसम्मत पारित गरिएको श्रेष्ठले बताए ।केन्द्रीय समितिले गरेको निर्णय बारे छिट्टै निर्वाचन आयोगलाई जानकारी गराउने सो पार्टीले जनाएको छ । बैठकमा आसन्न स्थानीय निकायको...

Read More

प्रजनन केन्द्रमा जन्माइएका १२ सय घडियाल गोही नदीमा छोडियो

चितवन, २० फागुन । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको सङ्ख्या बढाउनका लागि एक हजार २२६ वटा गोही विभिन्न नदीमा छाडिएको छ । नदी छेउमा सङ्कलन गरिएको अन्डा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा रहेको गोही प्रजनन केन्द्रमामा ल्याई बच्चा कोरलेर हुर्काएपछि नदीमा छाडिँदै आएको छ । सन् १९७८ मा स्थापना गरिएको सो प्रजनन केन्द्रमा गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । केन्द्र हेर्दै आएका चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार हालसम्म राप्तीमा ५४६, नारायणीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । अन्य नदीमा गोहीको संरक्षण कम...

Read More

चितवनमा स्वास्थ्य बिमा कार्यक्रम लागू

फागुन २०। चितवन जिल्लामा यो वर्षबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यसपालिदेखि लागू भएको बिमा कार्यक्रमअन्तर्गत अहिले दर्ता सहयोगी छनोटको काम चलिरहेको छ । प्याकेजमा सेवा दिने गरी बिमा कार्यक्रम आएको कार्यालयका प्रमुख विजयकुमार झाले जानकारी दिए। मुख्यगरी न्यूनतम पाँचजनाको परिवारले रु दुई हजार ५०० तिरेपछि बिमा कार्यक्रममा सहभागी हुन पाउने छन् । पाँचजनाभन्दा माथि प्रतिव्यक्ति रु ४२५ थपे बिमा कार्यक्रममा सरिक हुन सक्नेछन् । तर पाँचजनाभन्दा कम भएका परिवारले पनि रु दुई हजार ५०० नै तिर्नुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए । उनीहरुले वर्षभरि चितवनको तोकिएको अस्पतालबाट स्वास्थ्य सेवा लिन सकिने...

Read More

राजविराज विमानस्थल निमार्ण मितिभन्दा अगाडि नै सञ्चालनमा आउने

फागुन, २० । सप्तरीको राजविराज विमानस्थल निर्माण हुने म्याद आगामी मङ्सिरसम्म रहे पनि असारभित्रै तयार हुने भएको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार राजविराज विमानस्थलकै सभाहलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बनाउने समयसीमा मङ्सिरसम्म भए पनि असारभित्रै विमानस्थलको रनवे तयार भइसक्ने जानकारी गराइयो । समितिका सभापति प्रभु साहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विमानस्थल निर्माण कार्यका प्रमुख रामएकवाल महतोले असारभित्रै जहाज उड्न योग्य विमानस्थल बनाइसक्ने जानकारी दिए । अहिले द्रुत गतिमा काम भइरहेको बताउँदै उनले असारसम्म परीक्षण उडान गरिसक्ने बताए । विमानस्थलको १५ सय मिटर लामो र ३० मिटर चौडाइ भएको रनवे निर्माण कार्य भइरहेको बताउँदै उनले यो...

Read More

राजदूत राईद्वारा लेसोथोका राजासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, फागुन २०। लेसोथोका लागि नेपाली राजदूत अमृतबहादुर राईले त्यहाँका राजा लेत्सिए तेस्रोसमक्ष बिहीबार राजधानी मासेरुस्थित राजप्रासादमा एक कार्यक्रमबीच आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सो अवसरमा राजदूत राईले राष्ट्रपति विद्यादेवी भण्डारीले राजाको सुस्वास्थ्य तथा त्यहाँका जनताको शान्ति र प्रगतिका लागि दिएको बधाई तथा शुभकामना र प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट शुभकामना दिएको दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली दूतावासले जनाएको छ । राजा लेत्सिए तेस्रोले पनि राष्ट्रपति भण्डारीलाई शुभकामना दिनुका साथै नेपाली जनताको प्रगतिको कामना गरेका थिए । सो समारोहपश्चात् राजदूत राईलाई राजासँगको छोटो भेटघाटका लागि पनि बोलाइएको थियो । राजदूत राईले नेपालमा भएको राजनीतिक परिवर्तन र संविधान निर्माणबारे जानकारी...

Read More