Author: Himalaya Post

स्थानीय तहको सञ्चालनसम्बन्धी विधेयकमाथि छलफल

काठमाडौँ, फागुन १३ । व्यवस्थापिका–संसद्को विकास समितिले ‘स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि प्राप्त सुझावलाई सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले विधेयकमाथि छलफलका क्रममा उठेका विषय वस्तुलाई लिखित सुझावसहित आइतबार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । समितिका सभापति रवीन्द्र अधिकारीको सभापतित्वमा भएको बैठकमा सांसदहरुले प्रमुख रुपमा स्थानीय तहमा लगाइने करको व्यवस्था, खाता सञ्चालन तरिका, प्राकृतिक स्रोतबाट प्राप्त हुने राजस्व बाँडफाँड तथा सञ्चित कोष, कर्मचारी विभाजन र वडा सीमाङ्कनलगायत विषयमा सुझाव दिएक थिए । स्थानीय विकास मन्त्री हितराज पाण्डे, राज्यमन्त्री श्रीप्रसाद जवेगु, सचिव केदारबहादुर...

Read More

महाशिवरात्रि पर्व : पशुपतिनाथमा दशनार्थीको घुँईचो, देशभरि नै भव्यताका साथ मनाइँदै

काठमाडौं,  फागुन १३। हिन्दूहरुको महान पर्व महाशिवरात्रि आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभरि नै भव्यताका साथ मनाइँदै छ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना गर्छन् । शिवजीको उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व असोज शुक्ल अष्टमीको रातको कालरात्रि, श्रीकृष्ण जन्माष्टमीको रातको मोहरात्रि र लक्ष्मीपूजाको रातको सुखरात्रि जत्तिकै महत्वपूर्ण भएको पुराणहरुमा वर्णित छ ।   फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अतिप्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात्...

Read More

सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता–नेता नेम्बाङ

काठमाडौँ, फागुन १२ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरिएकोमा सिङ्गो मुलुक त्यसलाई सफल तुल्याउनेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । निर्वाचनमा मुलुक होमिनुपर्ने समयमा संविधान संशोधनको विषय औचित्यहीन भएको बताउँदै उनले संविधान कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता रहेको बताए । नेता नेम्बाङले संविधान संशोधन विधेयक सदनमा उपस्थित नौ दललाई मान्य नहुने जानकारी दिँदै प्रस्तुत विधेयक संविधान विपरीत भएको उल्लेख गर्दै भने– “संविधान संशोधन विधेयक प्रदेशको सीमाङ्कन हेरफेर गर्ने प्रस्ताव संविधानको मर्म र भावना विपरीत, सर्वोच्च अदालतको आदेश विपरीत तथा मधेस र त्यहाँका जनताको हित विपरीत भएकाले...

Read More

आज कुन कुन स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ, थाहा पाउनुहोस्

काठमाडौँ, फागुन १३ । महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नौ स्थानबाट चल्ने सवारीसाधन प्रवेशमा रोक लगाएको छ । महाशाखाले चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवी चोकबाट पुरानो बानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुम्बहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ तथा तिलगङ्गाबाट गौशालातर्फ रोक लगाएको हो । यस्तै मालबाहक सवारीसाधनलाई तीनकुनेबाट सिनामङ्गलतर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदैआउने मालबाहक सवारीसाधनलाई गौरीघाटतर्फ, सिनामङ्गल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारीसाधनलाई चुच्चेपाटीबाट चावहिलतर्फ व्यवस्थापन गरिएको महाशाखाले जनाएको छ । यसैगरी नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्रोड परिक्रमा गर्ने...

Read More

स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार हुने

काठमाडौँ, फागुन १२। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ । अति महत्वकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप रु एक लाख प्रदान गर्ने गर्दछ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको आजको बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सो जानकारी दिँदै यसका लागि मन्त्रालयलाई कति आर्थिक व्ययभार पर्छ भन्ने हिसाब गर्न लागिएको बताए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा महिलाको स्तन र पाठेघरका गरी...

Read More