Author: Himalaya Post

दुई दिनदेखि बेपत्ता बालकको हत्या

धनुषा, फागुन १९। धनुषाको पटेर्वा–१ बस्ने राजाराम यादवका सात वर्षीय छोरा रुपेश यादवको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार गत सोमबारदेखि बेपत्ता बालकको शव बुधबार साँझ घर नजिकैको गहुँखेतमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ । घाँटीमा लगाएको मालाले नै बालकको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ । बालकका काका रामनाथ यादवका अनुसार गत सोमबार घर नजिकै छिमेकको घरमा भोज खान भनेर गएको बेलादेखि भतिजा रुपेश बेपत्ता भएका थिए । भोज खाएर रुपेश आफू पढ्ने जनज्योति बोर्डिङ स्कुलमा पढ्न गएको आफूहरुलाई लागे पनि अबेर साँझसम्म घर नआउँदा खोजतलास सुरु गरिएको...

Read More

एमालेको मेची–महाकाली अभियानको तयारी पूरा

काठमाडौँ, फागुन १९ । नेकपा (एमाले)को यही फागुन २१ बाट सञ्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानको तयारी पूरा भएको छ । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेकोे अभियानका लागि नेपाली, मैथिली, थारू, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री तयार गरी पठाइएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता र केन्द्रीय नेता सहभागी हुने सो अभियान झापाको काकडभित्ताबाट सुरु भई कञ्चनपुर हुँदै आगामी चैत ५ गते सुर्खेत पुगेर समापन हुनेछ । नेता र कार्यकर्ताको सामूहिक आवास हुनेछ । पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय पार्टी कमिटीले सबै व्यवस्थापन गरिसकेको र...

Read More

‘बाहुबली २’ देखि डराए सलमान खान

काठमाडौं, फागुन १७। हिन्दी फिल्मका सुपरस्टार सलमान खान आफ्नो आगामी चलचित्र ‘ट्युबलाइट’का लागि निकै सतर्क छन् । उनी आफ्नो चलचित्रलाई आमिर खानको ‘दंगल’भन्दा उत्कृष्ट सावित गर्न चाहन्छन् । ‘दंगल’ले भन्दा बढी कमाउने उनको लक्ष्य छ । ‘ट्युबलाइट’ले बक्स अफिसमा ४०० करोडको कारोबार गरेको हेर्न चाहन्छन् सलमान । उनी यो चलचित्रलाई लिएर कुनै पनि ‘रिस्क’ उठाउन चाहँदैनन् । वर्षमा एक वा दुई चलचित्रमात्र गर्ने सलमान खानको चलचित्र ‘ट्युबलाईट’ आगामी ईदमा प्रदर्शन हुँदैछ । यो चलचत्रिको प्रचारप्रसारको काम सुरु भइसकेको छ । उनले अप्रिल अन्तिममा एसएस राजामौलीको चलचित्र ‘बाहुबली २’ को प्रदर्शन हुने थाहा भएपछि आफ्नो चलचित्र प्रचार गर्ने समयलाई केही...

Read More

अन्तर्राष्ट्रिय लगानी प्रवर्धन सम्मेलन सुरु, सबैभन्दा धरै चीनको प्रतिनिधित्व

काठमाडौँ, फागुन १७ । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले आजबाट काठमाडौंमा दोस्रो लगानी सम्मेलन हुँदैछ । उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा हुन लागेको सम्मेलन भोलीसम्म चल्नेछ । २५ वर्षपछि हुन लागेको सम्मेलनमा दक्षिण एसियालीसहित चीन, अमेरिका, युरोपेली देशहरु र केही खाडी देशका लगानीकर्ताहरुसँगै कुटनीतिक नियोगका प्रतिनिधि समेत सहभागी हुँदै छन् । उद्योग मन्त्रालय, लगानी बोर्ड, योजना आयोग र निजि क्षेत्रको सहयोगमा गर्न लागिएको सम्मेलनमा मुख्य आठ क्षेत्रमा लगानीका लागि आहृवान गरिने बताइएको छ । कृषि, बैंकिङ, सूचना तथा प्रविधि, उर्जा, पर्यटनलगायतमा विदेशी लगानी भित्रयाउन सम्मेलन सार्थक...

Read More

संसद बैठक स्थगित, अर्को बैठक फागुन २७ गते बस्ने

काठमाडौं, फागुन १९ । व्यवस्थापिका संसद्को आज १ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले विशेष कारणले भोलिको बैठक स्थगित गर्नु परेको जनाउँदै अर्को बैठक यही फागुन २७ शुक्रबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको सूचनामा उल्लेख गरेको छ। संविधान संशोधनको प्रस्तावका बारेमा प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच ठोस सहमति हुन नसकेका कारण संसद्का पछिल्ला अधिकांश बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन्। सभामुख ओनसरी घर्तीमगर पति पूर्वअर्थमन्त्री वर्षमान पुनको स्वास्थ्य उपचारका क्रममा थाइल्यान्डमा छिन्। दलहरुबीच संविधान सशोधनको विषयमा सहमति भई संसद्लाई बिजनेस प्राप्त भएको खण्डमा उनी तुरुन्त स्वदेश फर्कन सक्ने सभामुखका प्रेस सल्लाहकार...

Read More