Author: Himalaya Post

भूकम्पपीडित रामप्यारी भन्छिन् , टहराको बास कहिलेसम्म ?

फागुन, ११। काभ्रे जिल्लाको महादेवस्थान नगरपालिका– ७ कुन्ताकि रामप्यारी राई दनुवारले भूकम्पपछि ऋण गरेर श्रीमान्को मुटुको शल्यक्रिया गराईन् । भूकम्पबाट घाइते सासूको उपचार जारी छ । भएको सम्पत्ति श्रीमान् र सासूको उपचारमा सकिएपछि उनलेले अहिलेसम्म घर निर्माण गर्न सकेकि छैनन् । रामप्यारीका श्रीमान् हीरा पहिलेदेखि नै मुटुका रोगी थिए। उनकि सासूलाई बाथ रोगका कारण बाहिरभित्र गर्न बैसाखीको सहारा चाहिन्छ । त्यसैले घरको सम्पूर्ण जिम्मेवारी रामप्यारीको काँधमा छ । “जेठी छोरी अपाङ्ग भएका कारण घरमै थन्किएकी छिन, छोरा र छोरी पढाउने जिम्मेवारी पनि मेरै काँधमा छ,” उनले पीडा सुनाईन् । भूकम्पले उनको घर पूर्णरुपमा क्षति बनाएको छ । जसको पुननिर्माण...

Read More

मोबाइल ब्याङ्किङ सेवा गाउँमा पनि पुर्याऊ : गभर्नर नेपाल

काठमाडौँ, ११ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ग्रामीण भेगमा मोबाइल ब्याङकिङ सेवा पुर्याउन  बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्। पुँजीमा पहुँच बढाउँदै नेपालको गरिबी घटाउन क्रियाशील बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभागअन्तर्गतको परियोजना ‘सक्षम’ र व्यापारीक प्रतिष्ठान आइएमई समूहको ‘आइएमई डिजिटल’ बीच आज आयोजित मोबाइल ब्याङकिङ सेवासम्बन्धी सम्झौता समारोहमा उनेले त्यस्तो आवश्यकता औँल्याएका हुन् । नगदरहित कारोबारले पारदर्शिता सुनिश्चित गर्ने बताउँदै गभर्नरले अनौपचारिक माध्यमबाट हुने कारोबार नियन्त्रणमा समेत मोबाइल ब्याङकिङ प्रणालीले सघाउने वास्तविकता प्रस्ट्याए । उनले सूचना तथा सञ्चार प्रविधिको वर्तमान युगमा विद्युतीय कारोबार सुरक्षित एवम् भरपर्दो हुने भएकाले केन्द्रीय बैंकले त्यसको प्रवद्र्धनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।...

Read More

संसद बैठक आजपनि बस्न सकेन, भोलि तीन बजेसम्मका लागि स्थगित

काठमाडौँ, फागुन ११ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित नौ विपक्षी दलको संयुक्त आग्रहमा संसद बैठक सूचना टाँसेर भोलि ३ बजेसम्मका लागि स्थगित गरिएको छ । आज केही बेर अघि बसेको नौ दलको बैठकले बुधबारको संसद बैठकमा संशोधन विधेयक कार्यसूचीमा नराख्न आग्रह गरेको थियो। भोलिसम्म सहमतिका लागि प्रयास गरिने बताएपछि संसद सचिवालयले आजको बैठक सूचना टाँसेर स्थगित गरेको हो। एमाले सांसद भीम रावलले अझै केही समय गृहकार्यका लागि समय मागिएको भन्दै सरकारको धारणा स्पष्ट नआएसम्म पेश नगर्न भनेको बताए। ‘संविधान संशोधन विधेयक प्रस्तुत गरिसकेपछि यदि उक्त विधेयक पास भएपछि सरकारले के गर्छ। होइन फेलनै भयो भने मोर्चाले नस्वीकार्ने निश्चित छ।...

Read More

एमालेले संविधान संशोधन विधेयक संसदमा पेश गर्न दिएपनि पारित हुन नदिने

काठमाडौँ, फागुन ११ । नेकपा एमालेको संसदीय दल र पार्टीको संयुक्त बैठकले बुधबारको संसद बैठकमा संशोधन विधेयक पेश गर्न दिने भएपनि कुनैपनि हालमा सो विधेयक पारित हुन नदिने निर्णय गरेको छ । सरकारले चुनाव घोषणा गरेपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा छलफल गर्न बसेको एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो । संविधान संशोधन विधेयक पेश गर्नै नदिने अडानबाट पछि हट्दै संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित हुन नदिने रणनीति तयार पारेको एमाले सांसद रेवतीरमण भण्डारीले जानकारी दिए। सांसद शेरबहादुर तामाङका अनुसार बुधबारको बैठकमा अध्यक्ष ओलीले चुनाव घोषणा गर्नु सकरात्मक कुरा भएको बताउँदै सरकारलाई चुनाव हुने सुनिश्चितता...

Read More

मधेश बन्द गर्दै मोर्चा फेरी आन्दोलनमा उत्रियो

काठमाडौं – सरकारले सहमति बिना नै स्थानीय तह निर्वाचन घोषणा गरेको विरोधमा मधेशी मोर्चाले आज मधेशब्यापी बन्द आह्वान गर्दै फेरि आन्दोलनमा उत्रिएको छ । मोर्चाको आह्वानमा आज मधेश बन्द छ । मोर्चाका नेता कार्यकर्ता सडकमा सरकार विरुद्ध नाराबाजी गर्दै टायर बालेर विरोध प्रदर्शनमा जुटेका छन् । मधेशका सबै जिल्ला सदरमुकाम र शहर चोकमा विरोध प्रदर्शन भइरहेको छ । आज मोरङ, सुनसरी, पर्सा, रौतहट, बारा, धनुषा, सिरहा, सप्तरी, रुपन्देही, नवलपरासी, कपिलबस्तु, बाँके, बर्दिया लगायत मधेशका जिल्लाहरुमा मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दैछन् । बन्द आह्वान र विरोध प्रदर्शनले मधेशका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । लामो समयपछि मधेश आज पुनः ठप्प...

Read More