Author: Himalaya Post

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल र केन्याको खेल कीर्तिपुरमै हुने निश्चित

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेल नेपालमै हुने निश्चित भएको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले आफ्नो वेबसाइटमा नेपाल र केन्याको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने जनाएको छ । आईसीसीका अनुसार नेपाल र केन्याबीचको खेल आगामी फागुन २८ र ३० ९मार्च ११ र १३ ० गर्ने यसअघि नै पक्का गरिसकेको थियो तर यसअघि आईसीसीले खेल मैदान भने तोकेको थिएन । पछिल्लो समयमा अपडेट गरिएको वेबसाइटमा नेपाल र केन्याबिचको खेल कीर्तिपुरमा हुने बताइएको छ। लिगमा चौथो चरणको खेल सकिदासम्म नेपाल ६ अंक सहित अंक तालिकाको छैठौं स्थानमा छ । नेपालले ८ खेलमा ३ मा...

Read More

सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन

फागुन ८ । माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ । गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिए । सहजकर्ता, स्वयम्सेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो । एक वर्षमा बेचबिखन हुनबाट १०२ जनालाई रोकेको र बेचबिखनमा परेका ३४ जनाको उद्धार गरेको समेत उनले जानकारी दिए । एक वर्षे अवधिमा दुई हजार १६४ जनालाई वैदेशिक रोजगारबारे जानकारी गराइएको छ । १३ हजारभन्दा बढी प्रचार सामग्री वितरण गरेको माइती नेपालकी सहजकर्ता जयन्ती खनालको भनाइ छ । हराएको भनी माइती...

Read More

बाजुरा–काठमाडौँ डिलक्स बस सञ्चालन

फागुन ५ । बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौँका लागि सिधै बस छुट्ने भएको छ । सुदूरपश्चिम यातायात बस व्यवसायी सङ्घले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको सुदूपश्चिम यातायात बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले बताए । उनले बाजुराका जनतालाई काठमाडौँ जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम यातायात बस व्यवसायीले बस सञ्चालन गरेको जानकारी दिए  । बिहान ६ बजेदेखि सदरमुकाम मार्तडीदेखि बस सेवा सञ्चालन हुने भएको छ । बाजुराबाट काठमाडौँ जान धनगढीवा महेन्द्रनगर हुँदै काठमाडौँको टिकट काटेर जानुपर्ने बाध्यता भने हटेको छ । मार्तडीबाट काठमाडौँको यात्रा गर्ने बस सञ्चालनमा आएपछि जिल्लावासीलाई सहज भएको यात्रु कोल्टी गाविस–८ की...

Read More

गण्डक सम्झौता: भारतले तोड्यो सहमति, नेपाली पक्ष मौन

नवलपरासी,फागुन ५ । नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन् । सम्झौताको धारा २९२० अनुसार भारतीय पक्षले काम नगर्दा गण्डक क्षेत्रमा प्रतिवर्ष हुँदै गरेको बाढी, डुबान, कटान र चुहानले गण्डक आसपासका बासिन्दालाई असर परेको हो । सम्झौता अनुसार नेपाली पक्षले लाभ लिन नसकेको र पानीको बाँडफाँड सन्तुलित नहुनुका साथै भारतले सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले जानकारी दिए । सम्झौताअनुसार भारतीय पक्षले करिब १५ वर्षको बाली नालीको क्षतिपूर्ति उपलब्ध गराउन र २०६५ सालमा पुनः गण्डक पीडित र भारतीय प्रतिनिधिमण्डलबीच भएको २१ बुँदे सहमतिअनुसार काम...

Read More

शिक्षण पेसासँगै बाख्रापालन

फागुन ५ । लामो समयदेखि निजीस्तरको विद्यालयमा अध्यापन गर्दै आएका लक्ष्मिनियाँ–४, महात्तरीका ३६ वर्षीय विनोदकुमार यादवले पछिल्लो समय बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि शिक्षण पेसामा आबद्ध यादवले गौशाला नगरपालिका–४ नवराजपुरमा बाख्रापालन फारम सञ्चालन गरेका छन् । उनले स्थानीय फूलबाबु यादवसँगको सहकार्यमा रु आठ लाखको लागतमा सो बाख्रापालन फारम सञ्चालनमा ल्याएका हुन् । रु तीन लाखमा २५ वटा उन्नत जातका बाख्रा खरिद गरी फाराम सञ्चालन गरेको उनले बताए । दुई वर्षको अवधिमा ३० वटा खसी बिक्री गरी  तीन लाख आम्दानी गर्न सफल भएको उनको भनाइ छ । हाल फारममा ८० वटा खसीबाख्रा रहेका छन् । उनले...

Read More