Author: Himalaya Post

निर्वाचन कसैले रोक्न सक्दैन : प्रमुख आयुक्त

काठमाडौँ,फागुन १० । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गते हुने स्थानीय निकायको चुनाब कसैले रोक्न नसक्ने बताएका छन् । साथै उनले एक हप्ताभित्रै निर्वाचन आचारसंहिता पनि लागू गर्ने बताए । रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यही हप्ताभित्रै आचारसंहिता लागु गर्छ, शुन्य सहनशीलताका आधारमा हामी आचारसंहिता लागू गर्ने गरी विशेष छलफलमा छौं, आचारसंहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ति केही हुन दिँदैनौं ।’ निर्वाचन हुँदैन कि भनेर अब कसैले पनि शंका गर्न नहुने बताए । आयुक्त यादवले चुनावलाई चुनौतिभन्दा पनि अवसरका रुपमा लिएको उल्लेख गर्दै भने ‘निर्वाचनको मिति घोषणा भएको छ, कानून तथा...

Read More

अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहन पाउने

काठमाडौँ, फागुन १० । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत रहँदासम्म मात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालय गरेको छ । त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न नपाउने व्यवस्था गरिएको जानकारी गराए। उनका अनुसार २०६९ सालमा स्ववियु निर्वाचनको तयारी गर्दा त्रिवि पदाधिकारी र विद्यार्थी सङगठनसँगको छलफलपछि त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम– २०६९ मा उक्त व्यवस्था गरिएको हो । ‘‘स्ववियुलाई वास्तविक विद्यार्थीको...

Read More

बुधबार सम्मका लागि संसद बैठक स्थगित, संसद भवनभित्रै सर्वदलीय बैठकको आह्वान्

काठमाडौ, फागुन १० । मंगलबारका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ  । संसद बैठकअघि दलहरुवीच भएको अनौपचारिक कुराकानीमा मंगलबारको संसद बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने कि नगर्ने भन्नेमा सहमति नभएपछि संसद बैठक बुधबार दिउसो २ बजेसम्मलाई सुचना टाँसेर स्थगित गरिएको हो । संविधान संशोधनको विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमालेबीच कुरा मिलेको छैन । सहमतिको प्रयास खोज्न प्रधानमन्त्री प्रचण्डले आजै संसद भवनभित्र सर्वदलीय बैठक आह्वान गरेका छन् । सर्वदलीय बैठक मंगलबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए...

Read More

बझाङ र बाजुरामा बङ्गलादेशी उसिना चामल

फागुन १० । बङ्गलादेश सरकारले उपलब्ध गराएको उसिना चामल सेती अञ्चलका बझाङ् र बाजुरामा ‘कामका लागि खाद्यान्न कार्यक्रम’ मा उपयोग गरिने भएको छ । बझाङ्मा २६ हजार क्विन्टल र बाजुरामा २० हजार क्विन्टल उसिना चामल पठाउन लागेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयका निमित्त प्रमुख गङ्गादत्त पन्तले जानकारी दिए । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत सडक निर्माणलगायत विकास सम्बन्धी योजनामा सो चामल प्रयोग गरिने छ । यस अघि उक्त चामल भूकम्प प्रभावित क्षेत्र तथा खाद्यान्न अभाव हुने दार्चुला, बझाङ्, बाजुरा, अछामलगायत जिल्लामा ढुवानी अनुदानमा बिक्री वितरण हुने गरेको थियो । खाद्यान्न अभाव हुने जिल्लामा उसिना चामलको माग नहुँदा गोदाममा मौज्दात...

Read More

केपी आलीद्वारा मेची– महाकाली अभियानमा अबरोध नगर्न आग्रह

काठमाडौँ, फागुन १० । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका छन् । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज ‘मेची महाकाली राष्ट्रिय अभियान’, व्यवस्थापन कार्यालयको आज उद्घाटन गर्दै उनले पार्टीको पूर्वनिर्धारित कार्यक्रम भएकाले अवरोध नपुर्याउन सम्पूर्ण राजनीतिक दल र सङ्घसंस्थालाई अनुरोध गरेका हुन् । हिमालदेखि तराई तथा पूर्वदेखि पश्चिम पुग्ने सो अभियानबाट मुलुकको राष्ट्रिय एकता, लोकतन्त्र, विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । “अभियानमा तय गरिएका नारा वडा, वडा र गाउँ गाउँमा गुञ्जिनुपर्छ, प्रत्येक कार्यकर्ता एक पटक...

Read More