Author: Himalaya Post

देशको विकासमा योगदान गर्ने जनशक्ति प्राथमिकताको विषय बन्नुपर्छ : राष्ट्रपति

फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विकासमा ठोस योगदान दिन सक्ने र हाम्रो आवश्यकताअनुरुपको शैक्षिक जनशक्ति तयार गर्ने विषय विश्वविद्यालय एवम् उच्च शैक्षिक प्रतिष्ठानको प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ । पोखरा विश्वविद्यालयको चौधौँ दीक्षान्त समारोहलाई आज विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा सम्बोधन गर्दै उहाँले भन्नुभयो “उत्पादित जनशक्तिले स्वदेशमै रोजगारी पाउन नसक्दा शिक्षित युवा जोखिमयुक्त र अल्प रोजगारीका लागि विदेशमा पलायन हुन बाध्यबन्नु आजको तीतो, दुखद तर यथार्थ परिदृश्य हो ।” राष्ट्रपति भण्डारीले हाम्रा विश्वविद्यालयबाट उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय जगत्मा नगण्यमात्र योगदान गर्न सक्नु दुखद विषय भएको उल्लेख गर्दै “मुलुकमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाले हाम्रो वास्तविक आवश्यकतालाई पूरा गर्ने र...

Read More

संविधान संशोधन प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, फागुन ९ । सरकारले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई अघि बढाउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलबारदेखि सुरु हुने संसद्मा संशोधन प्रस्तावलाई अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए । “भोलिदेखि सदनमा संशोधन प्रक्रिया अघि बढाइनेछ, मधेसी, थारु, जनजाति लगायतका मागलाई सम्बोधन गर्न तदारुकताका साथ अघि बढ्ने काम हुन्छ” – मन्त्री कार्कीले भने। मन्त्रिपरिषद् बैठकले स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदनको व्यावहारिक कार्यान्वयनका लागि सरोकारवाला र विज्ञहरुसमेतको सुझाव लिएर सात दिनभित्र प्रतिवेदन पेस गर्न अहिलेकै समितिलाई थप कार्यभार दिने निर्णय गरेको छ । आयोगको प्रतिवेदनको अध्ययनका...

Read More

अवैध रुपमा लैजाँदै गरेको जडीबुटीसहित व्यापारी पक्राउ

फागुन ९ । प्रहरीले अवैध रूपमा बिक्रीका लागि लैजाँदै गरेको दुई हजार किलो जडीबुटीसहित जाजरकोटमा तीन व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला वन कार्यालयको छुट पुँर्जीबिना चोरी निकासी हुन लागेको चार ट्र्याक्टर जडीबुटीसहित हुम्ला, साँया–१ का जगत फडेरा, रोडीकोट–४ का मङ्गल बुढा र ८ का सन्तोष खत्री पक्राउ पर्नुका साथै उनीहरुको साथमा रहेको दुई हजार किलो तेजपात र २०० किलो पाखनबेद रग्दाको चौखा बजारबाट बरामद भएको हो । प्रहरीले उक्त जडीबुटी दल्लीस्थित इलाका वन कार्यालयलाई बुझाएको सहायक वन अधिकृत नेपाली साहले बताए । अवैध रूपमा ट्र्याक्टरमा हाली जाजरकोटबाट नेपालगन्जतर्फ लैजान खोजिएको उक्त जडीबुटी निकासीसम्बन्धी कुनै पनि कागजात नभएकाले उनीहरुलाई...

Read More

निर्वाचनको मिति आजै घोषणा हुन्छ–प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, फागुन ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकाय निर्वाचनको मिति आजै घोषणा गर्ने बताएका छन्। निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)को १३ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले भने —“संविधान कार्यान्वयनलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य रहेको छ ।” प्रधानमन्त्री प्रचण्डले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षार्थ संविधानलाई सफल कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आगामी कात्तिकमा प्रदेश र केन्द्रको निर्वाचन गर्नका लागि सरकारले तयारी गरिरहेको जानकारी दिए । मुलुकको शिर झुक्ने गरी आफूले कुनै पनि निर्णय नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी दिनमा मुलुकको समृद्धिका लागि अगाडि बढ्ने वचनबद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी...

Read More

दुई क्याम्पसबाहेक सबैमा ताला खुल्यो

काठमाडौँ, फागुन ८। आन्दोलनरत विद्यार्थी सङ्गठनले लगाएको ताला देशभरिका त्रिभुवन विश्वविद्यालयका दुई क्याम्पस आङ्गिक क्याम्पसबाहेक सबैमा खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सन्दर्भमा विभिन्न माग राखी आन्दोलन गरेका नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट पक्ष र नेत्रविक्रम चन्द निकट अनेरास्ववियु क्रान्तिकारीले लगाएको ताला सिरहास्थित सूर्यनारायण सत्यनाराण क्याम्पस र दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसबाहेक सबैमा खुलेको त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराएका छन्। उनले आन्दोलनरत विद्यार्थी सङ्गठन र अन्य विद्यार्थी सङ्गठनबीच सहमतिपछि सबै क्याम्पसमा ताला खोल्ने सहमति भए पनि दुई क्याम्पसमा नखोलिएको बताए । स्ववियु निर्वाचनको मिति सार्ने भएपछि क्याम्पसमा लगाइएको ताला खोल्ने सहमति भएको हो । त्रिविले फागुन १४...

Read More