Author: Himalaya Post

सीमाबाट फर्काएर १९४ जनालाई परिवारमा मिलन

फागुन ८ । माइती नेपालले चितवनको क्षेत्रीय कार्यालयअन्तर्गत बेचबिखनको उद्देश्यले लैजाँदै गरेका १९४ जनालाई सीमा क्षेत्रबाट फर्काएर परिवारमा पठाएको छ । गएको एक वर्षमा यसरी उनीहरूलाई घर फर्काइएको माइती नेपाल चितवनका क्षेत्रीय कार्यक्रम संयोजक युवराज दवाडीले जानकारी दिए । सहजकर्ता, स्वयम्सेवक ठाउँठाउँमा परिचालन गरी उनीहरूलाई घर पठाइएको हो । एक वर्षमा बेचबिखन हुनबाट १०२ जनालाई रोकेको र बेचबिखनमा परेका ३४ जनाको उद्धार गरेको समेत उनले जानकारी दिए । एक वर्षे अवधिमा दुई हजार १६४ जनालाई वैदेशिक रोजगारबारे जानकारी गराइएको छ । १३ हजारभन्दा बढी प्रचार सामग्री वितरण गरेको माइती नेपालकी सहजकर्ता जयन्ती खनालको भनाइ छ । हराएको भनी माइती...

Read More

बाजुरा–काठमाडौँ डिलक्स बस सञ्चालन

फागुन ५ । बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौँका लागि सिधै बस छुट्ने भएको छ । सुदूरपश्चिम यातायात बस व्यवसायी सङ्घले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको सुदूपश्चिम यातायात बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले बताए । उनले बाजुराका जनतालाई काठमाडौँ जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम यातायात बस व्यवसायीले बस सञ्चालन गरेको जानकारी दिए  । बिहान ६ बजेदेखि सदरमुकाम मार्तडीदेखि बस सेवा सञ्चालन हुने भएको छ । बाजुराबाट काठमाडौँ जान धनगढीवा महेन्द्रनगर हुँदै काठमाडौँको टिकट काटेर जानुपर्ने बाध्यता भने हटेको छ । मार्तडीबाट काठमाडौँको यात्रा गर्ने बस सञ्चालनमा आएपछि जिल्लावासीलाई सहज भएको यात्रु कोल्टी गाविस–८ की...

Read More

गण्डक सम्झौता: भारतले तोड्यो सहमति, नेपाली पक्ष मौन

नवलपरासी,फागुन ५ । नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन् । सम्झौताको धारा २९२० अनुसार भारतीय पक्षले काम नगर्दा गण्डक क्षेत्रमा प्रतिवर्ष हुँदै गरेको बाढी, डुबान, कटान र चुहानले गण्डक आसपासका बासिन्दालाई असर परेको हो । सम्झौता अनुसार नेपाली पक्षले लाभ लिन नसकेको र पानीको बाँडफाँड सन्तुलित नहुनुका साथै भारतले सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले जानकारी दिए । सम्झौताअनुसार भारतीय पक्षले करिब १५ वर्षको बाली नालीको क्षतिपूर्ति उपलब्ध गराउन र २०६५ सालमा पुनः गण्डक पीडित र भारतीय प्रतिनिधिमण्डलबीच भएको २१ बुँदे सहमतिअनुसार काम...

Read More

शिक्षण पेसासँगै बाख्रापालन

फागुन ५ । लामो समयदेखि निजीस्तरको विद्यालयमा अध्यापन गर्दै आएका लक्ष्मिनियाँ–४, महात्तरीका ३६ वर्षीय विनोदकुमार यादवले पछिल्लो समय बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । दुई दशकदेखि शिक्षण पेसामा आबद्ध यादवले गौशाला नगरपालिका–४ नवराजपुरमा बाख्रापालन फारम सञ्चालन गरेका छन् । उनले स्थानीय फूलबाबु यादवसँगको सहकार्यमा रु आठ लाखको लागतमा सो बाख्रापालन फारम सञ्चालनमा ल्याएका हुन् । रु तीन लाखमा २५ वटा उन्नत जातका बाख्रा खरिद गरी फाराम सञ्चालन गरेको उनले बताए । दुई वर्षको अवधिमा ३० वटा खसी बिक्री गरी  तीन लाख आम्दानी गर्न सफल भएको उनको भनाइ छ । हाल फारममा ८० वटा खसीबाख्रा रहेका छन् । उनले...

Read More

जुम्लामा गाडी दुर्घटना, चालकसहित तीनको मृत्यु

फागुन ५ । जुम्ला बड्की–२ दियारगाउँ सिंजास्थित कोटिला भिरमा आज बिहान सामान बोकेको गाडी दुर्घटना हुँदा चालकसहित तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मैनापोखरीका गाडी चालक तीर्थराम थारु तथा मुगु–४ कालै गाउँका रङ्गबहादुर शाही र गङ्गा शाही रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका तर नाम नखुलेका सहचालकलाई उपचारका लागि एम्बुलेन्समा जुम्लाको खलङ्गा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुगुरु काफ्लेले जानकारी दिए। नेपालगन्जदेखि मुगुतर्फ गइरहेको ना ६ ख ९३७२ नं को स्वराज नामक सो गाडी सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएकोे थियो । सामान बोकेको उक्त गाडीमा तीन पुरुष र...

Read More