दुई क्याम्पसबाहेक सबैमा ताला खुल्यो
काठमाडौँ, फागुन ८। आन्दोलनरत विद्यार्थी सङ्गठनले लगाएको ताला देशभरिका त्रिभुवन विश्वविद्यालयका दुई क्याम्पस आङ्गिक क्याम्पसबाहेक सबैमा खुलेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सन्दर्भमा विभिन्न माग राखी आन्दोलन गरेका नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट पक्ष र नेत्रविक्रम चन्द निकट अनेरास्ववियु क्रान्तिकारीले लगाएको ताला सिरहास्थित सूर्यनारायण सत्यनाराण क्याम्पस र दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसबाहेक सबैमा खुलेको त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराएका छन्। उनले आन्दोलनरत विद्यार्थी सङ्गठन र अन्य विद्यार्थी सङ्गठनबीच सहमतिपछि सबै क्याम्पसमा ताला खोल्ने सहमति भए पनि दुई क्याम्पसमा नखोलिएको बताए । स्ववियु निर्वाचनको मिति सार्ने भएपछि क्याम्पसमा लगाइएको ताला खोल्ने सहमति भएको हो । त्रिविले फागुन १४...
Read More