Author: Himalaya Post

दाताको सहयोगमा गाउँमै बन्यो प्यारापिटसहितको खेलमैदान

फागुन ३ । पर्वत जिल्लाका विकट गाउँमा पनि सदरमुकाम कुस्मामा भन्दा राम्रा र व्यवस्थित खेलमैदान भेटिन्छन् । अझै भलिबल र बास्केटबलको कोर्ट त झनै व्यवस्थित भेटिन्छन् जनजाति बाहुल्य गाउँहरुमा । पर्वतको उत्तरी क्याङ गाविसमा स्वदेश र विदेशमा रहेका शुभचिन्तकको सहयोगमा प्यारापिटसहितको बास्केटबल र भलिबल कोर्ट निर्माण भएको छ । स्थानीय शिखर युथ क्लबले कोरिया, बेल्जियम र हङ्कङमा रहेका मनकारीहरुको सहयोगमा खेल मैदान निर्माण गरेको क्लबले जनाएको छ । क्लबले रु छ लाख ५० हजारको लागतमा ढुङ्गा बिच्छ्याएर प्यारापिट निर्माण गरेको हो । निर्माण गरेको प्यारापिटमा झन्डै ५०० अटाउन सक्ने क्षमता छ । उक्त कोर्ट र प्यारापिट निर्माणका लागि बेल्जियम बस्ने किरण पुन, गुमबहादुर पुन ९सुबेदार०, हङ्कङ बस्ने हेमबहादुर पुनलगायतले आर्थिक सहयोग गरेका छन् । । निर्माण भएको खेलमैदान र प्यारापिट जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष प्रेम गुरुङले हिजो यहाँ आयोजित कार्यक्रममा उद्घाटन गर्दै गाउँगाउँमा खेलकुँदको विकासका लागि सक्दो सहयोग गर्ने बताएका थिए । यसैगरी सोही कार्यक्रममा स्थानीय किरण पुनका परिवारले बाजुङ आधारभूत प्राथमिक विद्यालयलाई चार रोपनी जग्गा दान गरेका छन् । पुनले जिल्ला खेलकुद विकास समितिलाई रु ५० हजार बराबरको खेलकुद सामग्रीसमेत प्रदान गरेका हुन...

Read More

म्याग्दीका हिमाली भेगबाट बसाइँ सरे कस्तुरी मृग

फागुन ३ । बढ्दो तापक्रम वृद्धि र मानवीय गतिविधिका कारण यहाँको हिमाली भेगका कस्तुरी मृगले आफ्नो वासस्थान छोडेर अन्यत्र जान थालेका छन् । धौलागिरि हिमालको फेदीमा अवस्थित मुदी, लुलाङ, गुर्जा, कुइनेमङ्गले, दाना र मुना गाविसका जङ्गलमा प्रशस्तमात्रामा कस्तुरी मृगको वासस्थान रहदै आएको थियो । जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम बढ्दै जाँदा अनुकूल वातावरण र वासस्थान तथा आहराको अभाव हुन थालेपछि चिसो र एकान्त वातावरणमा मन पराउने मृगले वासस्थान छोडेर जान थालेको बाबियाचौरस्थित इलाका वन कार्यालयका प्रमुख एवम् वातावरणविद् चन्द्रमणि सापकोटाले बताए । विश्वमै दुर्लभ मानिने ती मृग म्याग्दीबाट ढोरपाटन सिकार आरक्ष, डोल्पा, रुकुम र मुस्ताङका जङ्गलमा बसाइँ सर्न...

Read More

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारद्वारा राजीनामा

फागुन ३ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले सोमबार राति राजिनामा दिएका छन् । ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नु अघि नै फ्लिनले रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबर आएपछि उनले पद्बाट राजीनामा दिएका हुन् ।ट्रम्पले गत जनवरीमा राष्ट्रपति पद सम्हालेपछि नियुक्त गरेका मध्ये पदत्याग गर्ने उनी सबैभन्दा उच्च तहको व्यक्ति हुुन् । ट्रम्पको चुनावी अभियानका क्रममा उच्च तहको सल्लाहकारको भूमिकामा रहेका सेनाका पूर्वजनरल कैथ केलोङलाई फ्लिनले राजीनामा दिएपछि कार्यबहाक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ । डेमोक्रेटिक पार्टिकी वरिष्ठ नेतृ न्यान्सी पलोसीले फ्लिनले अमेरिकी जनतालाई ढाँटेको भन्दै उनलाई पदबाट हटाउन राष्ट्रपति ट्रम्पसँग माग...

Read More

फ्रान्सको एल्प हिमशृङ्खलामा हिम पहिरोबाट चारको मृत्यु

फागुन २ । फ्रान्सका हिमाली क्षेत्रमा उद्धारका लागि खटिएका सुरक्षाकर्मीले हिमपहिरोमा परी सोमबार चार जनाको मृत्यु भएको जनाएका छन् ।उद्धार टोलीले हिमपहिरोबाट पाँच जनालाई जीवितै उद्धार गरिएका जनाएको छ । अवर्टमिलको रिपब्लिकन कम्पनी एल्पस सेकुरिटीले टिगनिस नजिकै हिउँमा खेल्दै गरेका नौ जनालाई हिमपहिरोले बगाएपछि चार जनाको मृत्यु भएको पाँच जनालाई उद्धार गरिएको पुष्टि गरेको छ । हिमपहिरोमा परी मृत्यु हुने नागरिक कुन देशका थिए भन्नेबारे जानकारी प्राप्त भइनसकेको उद्धार टोलीले जनाएको छ...

Read More

चालिस कटसी ‘कखरा’ सिक्न नातिसँगै स्कुल जान्छिन् सानुमाया

फागुन ३ । “मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन” भन्ने उदाहरणका रुपमा संक्रान्तिबजार–९, तेह्रथुमकी ४४ वर्षीया सानुमाया नेपाली लाई लिन सकिन्छ । पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँच वर्षीय नातिसँगै कखरा सिक्दै छिन् । एक वर्षअघि यहाँको पुरानागाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले नाति वसन्तसँगै कक्षा १ मा पढ्दै छिन् । उनले भनिन्, “पढ्ने उमेरमा पढ्न पाइएन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सदमा छु, पढ्ने इच्छा पूरा गर्न विद्यालय जाँदैछु ।” लेखपढ गरेपछि केही नभए पनि आफ्नो नाम लेखेर सही गर्न सजिलो हुने उनको भनाइ छ । “सही गर भनेर लगाउँछन्, आफूलाई आउँदैन” सानुमायाले भनिन्, “हात...

Read More