बार्सिलोना ला लिगाको शिर्ष स्थानमा
काठमाडौं, फागुन १९ । स्पोटिङ गिजोनमाथि शानदार जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले गिजोनमाथि ६१ गोल अन्तरको जित हात पारेको हो । घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता दिएको थियो । दुई मिनेटपछि नै लुइस स्वरेजले गोल गरे । २१ औं मिनेटमा गिजोनका कास्ट्रोले गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिए । तर, २७ औं मिनेटमा स्वरेजले दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३(१ को अग्रता लिन सफल भयो । दोस्रो हाफको सुरुमा नै पाको अलासरले गोल गरे । ६५...
Read More