Author: Himalaya Post

बेगनास तालमा रैथाने जातका माछा लोप हुँदै

फागुन १२। मिचाहा प्रजातिको माछा टिलापियालगायत कारणले पोखराको लेखनाथ र आसपासका क्षेत्रमा पाइने रैथाने जातका माछा लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्ला वर्षमा टिलापियाको बढ्दो वृद्धिदरसँगै रैथाने जातका अन्य माछा उत्पादनमा कमी आएको छ । अन्य विकासी जातका माछा पनि फस्टाउन सकेका छैनन् । मत्स्य अनुसन्धान केन्द्र बेगनासका वरिष्ठ प्राविधिक अधिकृत देवप्रसाद शर्माका अनुसार पछिल्ला वर्षमा टिलापियाको बढ्दो आक्रमणका कारण लेखनाथ क्षेत्रका तालमा रेवा, फकेट, काँडे, बिग हेड, बाम र कत्ले जस्ता रैथाने जात मिचाहा प्रजातिको बढ्दो क्रमसँगै लोपोन्मुख अवस्थामा पुगेका छन् । “अन्य माछामा भन्दा टिलापिया माछामा प्राकृतिक प्रजनन हुने भएका कारण सङ्ख्या बढेको हो,” शर्माको तर्क छ...

Read More

स्थानीय चुनावले कक्षा ११ र १२ को परीक्षा प्रभावित हुने

काठमाडौँ, फागुन १२। सरकारले स्थानीय तहको चुनाव बैशाख ३१ मा हुने घोषणा गरेपछि कक्षा ११ र १२ को बार्षिक परीक्षा प्रभावित हुने देखिएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ र बैशाख २५ देखि ३१ गतेसम्म सबै विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । विद्यालयहरुलाई मतदान केन्द्रको रुपमा प्रयोग गर्न र निर्वाचन तयारीमा सहयोग पुर्‍याउन आयोगले त्यस्तो निर्णय लिएको हो । यससँगै कक्षा ११ को परीक्षा पूर्ण रुपमा प्रभावित हुने निश्चित भइसकेको राष्ट्रिय परिक्षा बोर्डका कार्यकारी प्रमुख डिल्ली रिमालले बताए । उनले भने, ‘कक्षा ११ को परीक्षा बैशाख २४ देखि जेठ ३ गतेसम्म थियो, अब यही...

Read More

निर्वाचन र संविधान संशोधन सरकारको मुख्य प्राथमिकता–गृहमन्त्री

काठमाडौँ, फागुन १२ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचन र संविधान संशोधन विशेष प्राथमिकताका साथ अगाडि बढेको बताएका छन् । घरेलु तथा साना उद्योग विकास समितिले आज आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा उद्यमी पुरस्कार वितरण कार्यक्रम शुभारम्भ गर्दै उनले सबैलाई मिलाएर निर्वाचन गरिने बताएका हुन् । गृहमन्त्री निधिले भने, “नयाँ संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी छ, त्यसका लागि आगामी वर्षको माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्नुपर्छ ।” उनले स्थायी सरकारसहितको समृद्धिका लागि पनि निर्वाचन अपरिहार्य भएको उल्लेख गरे। मुलुकलाई समृद्धिको बाटोमा लैजानका लागि उपयुक्त नीति आवश्यक हुने बताउँदै गृहमन्त्री निधिले...

Read More

पाशुपत क्षेत्रमा जोगी बाबाको चहलपहल सुरु

काठमाडौँ, फागुन १२ । महाशिवरात्रि नजिकिएसंगै काठमाडौँको वनकाली तथा पाशुपत क्षेत्रमा अहिले जोगी बाबाको चहल पहल बढ्न थालेको छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा दर्शनाथीको आउने क्रम जारी छ । शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य हुने जनविश्वास छ । कोषले यस वर्ष करिब चार हजार जोगी बाबा आउने अनुमान गरेको छ । नाङ्गा बाबाको पनि आगमन सुरु भएको छ । उनीहरुलाई पशुपतिनाथको मन्दिरभित्र राख्ने व्यवस्था मिलाइएको छ । विभिन्न सङ्घ संस्थाले पशुपतिनाथ आसपासमा आजैदेखि स्वयम् सेवा सञ्चालन गरेका छन् । आउने भक्तजनको सुविधाका लागि ठाउँठाउँमा भोजन, स्वास्थ्य शिविर,...

Read More

विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमति

काठमाडौँ, फागुन १२ । सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) व्यवस्थापिका– संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमत भएका छन् । आज बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा सो सहमति भएको सभामुख घर्तीले बताइन् । आजैबाट संसद्को बैठक सञ्चालन हुने र संविधान संशोधनलगायत कार्यसूचीमा रहेका विषय प्रक्रियागत रुपमा अघि बढाउन प्रतिपक्षले सहयोग गर्ने सहमति भएको सभामुख घर्तीले जानकारी दिएकी छन्। “सहमतिभन्दा अर्को विकल्प छैन । आगामी दिनमा पनि सहमतिबाटै अघि बढ्नुपर्ने आवश्यकता छ । आज भएको सहमतिप्रति म खुसी व्यक्त गर्दछु,” सभामुख घर्तीले...

Read More