Author: Himalaya Post

पशुपक्षी मन्त्रालयमा जगेबु

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री रहनुभएका श्रीप्रसाद जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको राज्यमन्त्रीको कार्यभार प्रदान गरेका छन् । प्रधानमन्त्रीले आज राज्यमन्त्री जगेबुलाई सो मन्त्रालयको सम्पूर्ण कार्यभार सञ्चालन गर्ने गरी जिम्मा दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा उपप्रधानमन्त्रीको हैसियतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कार्यभार सम्हालेपछि राज्यमन्त्री जगेबुलाई पशुपक्षी विकास मन्त्रालयको जिम्मा दिइएको हो । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँलाई प्रधानमन्त्रीले गृहराज्यमन्त्रीको जिम्मेवारी दिएका छन् । सो मन्त्रालयमा राप्रपाका दिलनाथ गिरी मन्त्री भएर आएको र राज्यमन्त्रीमा सोही पार्टीका परशुराम तामाङ मन्त्री...

Read More

प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो एजेन्डा हो : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको राज्य प्रणाली आफ्नै पार्टीको प्रमुख एजेन्डा भएको दाबी गरेका छन् । नयाँ शक्ति नेपालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डा आफू र आफ्नो पार्टीले विगतदेखि नै अगाडि सार्दै आएकोले त्यसको पक्षमा आफू रहेको बताएका हुन् । उनले सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने बाध्यताको बीचमा सो एजेन्डालाई कायम राख्न ‘नोट अफ डिसेन्ट’सहित आफूले संविधानमा हस्ताक्षर गरेको र सो एजेन्डामा हाल पनि उत्तिकै प्रतिबद्ध रहेको बताए । संविधान निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथ आठबुँदे ‘नोट अफ डिसेन्ट’ लेखे पनि एजेन्डामा सम्झौता नगरिएको उल्लेख गर्दै उनले आजै एजेन्डा सम्झाउन आएकामा...

Read More

नेपालको शानदार जीत, नेपालद्वारा केन्या ७ विकेटले पराजीत

काठमाडौँ – विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध आज भएको दोस्रो खेलमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले हराएको हो । केन्यालाई ४६.१ ओभर खेलेर १५५ रनमा अल आउट गरेसंगै १५६ रनको सामान्य लक्ष्य पाएको नेपालले ३०.२ ओभरमा तीन विकेटको क्षतिमा १६० रन बनाउँदै सहजरुपमा विजय हासिल गर्यो । सुनिल धमला १ रनमा आउट हुँदा सागर पुनलाई नेपालले ५ रनमा गुमाएको थियो । जीत दिलाउनका लागि नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले ब्याटिङमा कप्तानी इनिङ खेले । ज्ञानेन्द्रलाई दिपेन्द्र ऐरीले बलियो साथ दिए । तेस्रो व्याटेसम्यानको रुपमा...

Read More

टियु मैदानमा जोडी जम्दै ज्ञानेन्द्र र ऐरीको

काठमाडौँ – सुरुवातमै २ विकेट गुमाएको नेपालको इनिङ अहिले का.वा. कप्तान ज्ञानेन्द्र मल्ल र युवा क्रिकेटर दिपेन्द्र सिंह एरीले सम्हालिरहेका छन् । नेपालले केन्याविरुद्धको दोस्रो खेलमा फेरि खराब सुरुवात गरेको थियो । टोलीको कूल योगफल १४ रन हुँदा नेपालले प्रारम्भिक ब्याट्सम्यान सुनिल धमला (१) र सागर पुन (७) लाई छिट्टै गुमाएपछि मैदान छिरेका दिपेन्द्रसिंह एरीले आपनर ज्ञानेन्द्र मल्लसंग ३५ बलमा ३३ व्यक्तिगत रन तथा रनको साझेदार गरेका छन् । यता ज्ञानेन्द्र मल्लले ५१ बलमा ३५ रन बनाएर ऐरीलाई साथ दिइरहेका छन् । अहिले १७ आभरको समप्तिमा र्दु विकेटको क्षतिमा ७६ रन बनाएर पुर्याएको छ ।  केन्याका बलदरमाथि नेपाली व्याट्सम्यान...

Read More

धादिङमा वैदेशिक यात्रामा जाने युवा दिन प्रतिदिन बढ्दै

धादिङ – विभिन्न देशमा रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या धादिङमा भूकम्पपश्चात् भने निकै बढेकोे छ । यसैगरी अवसर खोजीका लागि युवा विदेशिने क्रमसँगै जिल्ला प्रशासन कार्यालय धादिङमा राहदानी लिनेको भीड अत्यधिक बढेको छ । विगतका भन्दा यस वर्ष राहदानी लिनेको सङ्ख्या पनि दोब्बरभन्दा बढीले वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ नेपालका ग्रामीण क्षेत्रहरुमा सरकारले युवा केन्द्रित कार्यक्रम नपठाउनु र बढ्दो बेरोजगारीका साथै भूकम्पपश्चात् पुनःनिर्माणका लागि आवश्यक खर्च जुटाउन युवा विदेशिने क्रम बढेको हो । जिल्लामा रोजगारीका लागि विदेश जानेको सङ्ख्या यकिन नभए पनि जिल्ला प्रशासन कार्यालय, धादिङबाट राहदानी लिनको लागि आवेदन दिनेको सङ्ख्या भने अहिले दैनिक तीन सयको...

Read More