Author: Himalaya Post

फेसबुक मेसेन्जरमा अब डिसलाइक बटन पनि

काठमाडौँ– फेसबुक मेसेन्जरमा कसैसँग च्याट गरिरहेको बेला यदि तपाइँलाई उसको कुरा मन परेन भने अब डिसलाइकको बटन थिचेर आफ्नो असन्तुष्टि पोख्न सक्नुहुनेछ । फेसबुकका पोष्टहमा प्रतिक्रिया जनाउने विकल्पहरुका बारेमा बहस चलिरहेका बेला फेसबुकले आफ्नो मेसेन्जर सर्भिसमा चाहीँ डिसलाइक बटनको सुविधा दिने भएको हो । टेक्नोलोजी वेबसाइट टेक क्रन्च डट कमको रिपोर्ट अनुसार फेसबुकले आफ्नो मेसेन्जर सर्भिसमा विद्यमान रिएक्सन्सका विकल्पहरुमा डिसलाइकको अप्सन पनि थप्नेछ । फेसबुकको श्रोतको हवाला दिँदै भनिएको छः हामीले मेसेन्जरका प्रयोगकर्तालाई धेरै भन्दा धेरै नजिक तथा मज्जेदार बनाउने तरिका खोजी गरिरहेका हुन्छौँ । यो पनि एउटा सानो प्रयास हुनेछ । जसमा हामीले आफ्ना प्रयोगकर्तालाई एउटा इमोजीको माध्यमबाट...

Read More

इमर्जिङ टिम एसिया कपः नेपाल र पाकिस्तान एकै समूहमा

काठमाडौं– इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा परेको छ । बुधबार भएको ड्रमा नेपाल समूह बीमा परेको छ, जसमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन् । केन्यासँगको खेलको तयारीमा रहेको नेपालका लागि हङकङ विश्व क्रिकेट लिग च्याम्पियन्सपसिपको आगामी प्रतिद्वन्द्वी पनि हो । यो समूहको खेल क्रक्स बजारमा हुनेछ । समूह एमा भारतसँगै श्रीलंका, अफगानिस्तान र मलेसिया परेका छन् । यो समूहको खेल चिटगोङमा हुनेछ...

Read More

वर्डफ्लुको त्रासले धौलागिरि अञ्चलमा कुखुरा आयातमा प्रतिबन्ध

पर्वत– कास्कीको पोखरामा वर्डफ्लु देखिएपछि धौलागिरि अञ्चल प्रवेश गर्ने नाकाबाटै कुखुरा आयतमा प्रतिबन्ध लगाइएको छ । धौलागिरि अञ्चलको नाकामा पर्ने पर्वतबाटै पक्षी तथा पक्षीजन्य पदार्थ भित्र्याउन रोक लगाइएको हो । जिल्ला पशुसेवा कार्यालयले मङ्गलबार देखि नै कुखुरा ओसारपसारमा पूर्णरुपले प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । दैनिकजसो सस्तो मूल्यमा पोखरा–बागलुङ सडकखण्ड हुँदै भित्रिने कुखुरा, अन्डा, चल्ला र दानालाई जिल्लामा भित्रिन नदिने गरी प्रतिबन्ध लगाइएको कार्यालयका प्रमुख डा सुधीर थापाले बताए । “सोमबारसम्म भेटेनरी चिकित्सकबाट इजाजत पाएका कुखुरालाई भित्रिन दिए पनि मङ्गलबारबाट पूर्णरुपले प्रतिबन्ध लगाइएको छ ।” उनले भने, “धौलागिरिको मुख्य प्रवेशद्वार डिमुवा, पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गामा कुखुरा जाँचका लागि...

Read More

उग्र बन्दै मोर्चा कार्यकर्ता, प्रमुख निर्वाचन आयुक्तलगायत एमाले नेताका घरमा तोडफोड

सप्तरी– प्रहरीको गोली लागेर मृत्यु भएको आक्रोशमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन् । राजविराज– ९ स्थित यादवको घरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ । कडा सुरक्षा व्यवस्था भएपनि आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादबको घरमा ढुङ्गामुढा गर्दा झ्याल र ढोकाको सिसामा क्षति पुगेको छ । आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्त यादब विरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए । यसैगरी मोर्चाको कार्यकर्ताहरूले व्यवस्थापिका संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिकी सभापति रञ्जुकुमारी झाको राजविराज– ९ स्थित सम्पर्क कार्यालयामासमेत तोडफोड गरेका छन् । उनी एमाले सांसद हुन । तोडफोडबाट भाडामा रहेको...

Read More

सप्तरी घटनापछि राप्रपाको मेची–महाकाली एकता यात्रा स्थगित

काठमाडौँ– नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्ग सोमबार सप्तरीको राजविराजमा झडप भएर तीन जनाको ज्यान गएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्ने भनेको एकता यात्रा पनि रोकिएको छ। पार्टी अध्यक्ष कमल थापाले सप्तरी घटनापछि उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै चैत ७ गतेदेखि गर्ने भनिएको राष्ट्रिय एकता यात्रा हाललाई स्थगित गरिएको बताएका छन्। राजविराजमा प्रहरीसँगको झडपमा परी चार जनाको ज्यान गएपछि एमालेले आफ्नो अभियान तीन दिनका लागि स्थगित गरेको...

Read More