Author: Himalaya Post

संविधान संशोधन गरी चुनावमा जान एमालेलाई नेता महतोको आग्रह

सप्तरी–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनमा सहभागिता जनाएर मुलुकको समस्या समाधान गर्न नेकपा (एमाले)लाई आग्रह गरेका छन् ।  । प्रेस मञ्च सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले, “मधेस विरोधी रवैया छाड्नुस, मधेसीलाई अधिकार दिलाउने सवालमा अगाडि आउनोस् ।” मधेसको समस्या समाधानका लागि तीन ठूला दलले पहल गर्नुपर्ने उनको भनाइ थियो । मधेसवादी दलले अघि सारेको माग सम्बोधन नगरी चुनाव हुन नसक्ने दाबी गर्दै उनले भने, “१८ वर्ष चुनाव नहुँदा के फरक पर्यो ? त्यसैले दुई महिना समय बढाऔँ र संविधान संशोधन गरी चुनावमा जाऔँ ।” मृतकका परिवारलाई आर्थिक सहयोग यसैबीच, अध्यक्ष महतोले सोमबार भएको झडपका क्रममा प्रहरीको गोली...

Read More

उपप्रधानमन्त्री कमल थापाद्वारा ढुक्क भएर चुनावमा लाग्न आग्रह

काठमाडौँ–उपप्रधानमन्त्री कमल थापाले सरकारमा राप्रपाको सहभागिताले स्थानीय निर्वाचन सुनिश्चित भइसकेकाले ढुक्कले चुनावमा लाग्न आग्रह गरेका छन् । निर्बाचनमा सबैको सहभागीताको निमित्त हरसम्भब प्रयास गरिने समेत उनले बताए । राष्ट्रिय जिम्मेवारीलाई बोध गर्दै चुनाबलाई सुनिश्चित गर्न आफूहरु सरकारमा सहभागी भएको उनले प्रष्ट पारे । स्थिरता, चुनाब र मुलुकको बृहत्तर हितलाई केन्द्रमा राख्दै सरकार परिवर्तन गरी मुलुकलाई अस्थिरतामा धकेल्न होइन, निर्बाचनलाई सुनिश्चित गर्नु आजको आबस्यकता भएकोसमेत उनले बताए । राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले सत्ताको सुख सुबिधाको निमित्त नभई मुलुकमा बिधमान संकटको निकासमा सकारात्मक भुमिका निर्बाह गर्न सरकारमा सहभागी भएको बिचार ब्यक्त...

Read More

पुनर्वास नगरपालिकाको नाम फेरेर ‘गोविन्द नगरपालिका’ राख्न स्थानीयको माग

कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाको नाम परिवर्तन गरी ‘गोविन्द नगरपालिका’ राख्न स्थानीयले सरकारसँग माग गरेका छन् । देशको सीमा रक्षाका लागि लड्दा लड्दै शहिद भएकाले गोविन्द गौतमप्रति सम्मान व्यक्त गर्न उनकै नामबाट नगरपालिकाको नामाकरण गरिनुपर्ने स्थानीयले माग गरेका हुन् । कञ्चनपुर क्षेत्र नम्बर १ का सांसद दिवानसिंह विष्टले गोविन्द गौतम राष्ट्रको शहिद भएकाले उनको सम्मानमा पुनर्वास नगरपालिकालाई ‘गोविन्द नगरपालिका’ नामाकरण गर्नुपर्ने बताए । गत बिहीबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट पुनर्वास नगरपालिकाका ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले शहीद घोषणा गरेको छ । र, उनको राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि हुँदैछ । शहीद...

Read More

सदनबाटै मुलुकलाई समाधान दिनुपर्छ : डा रिजाल

म्याग्दी– नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले मुलुकलाई संसद्बाटै समाधान दिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता डा रिजालले मधेस केन्द्रित दलले हठ र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०ले दम्भ नत्यागेसम्म मुलुकले निकास नपाउने विचार व्यक्त गर्दै एमालेले संविधान संशोधन नमान्ने र मधेस केन्द्रित दलले हाल निर्वाचन नमान्ने अवस्था रहेकाले दलबीचको सम्झौताले मात्रै वर्तमान समस्याको हल हुन सक्ने बताए । नेता डा.रिजालले संविधान जारी गर्दा नै तत्कालीन प्रमुख तीन राजनीतिक दलले मधेस केन्द्रितलगायत अन्य विभिन्न क्षेत्र र समुदायका जायज विषयलाई संविधान संशोधनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेको स्मरण गर्दै विगतको प्रतिबद्धताबाट कोही...

Read More

पर्वतमा साढे तीन हजार नागरिकमा हात्तीपाइलेको जीवाणु

पर्वत– हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गतको आठौँ चरणको कार्यक्रम पर्वतमा सञ्चालन हुनेभएको छ । सातौँ चरणसम्म अभियान सञ्चालन गर्दा पनि हात्तीपाइले सङ्क्रमितको सङ्ख्या शून्यमा नझरेपछि पुनः आठौँपटक अभियान सञ्चालन गर्न लागिएको छ । पर्वतमा अझै पनि हात्तीपाइले रोगको सङ्क्रमण भएका साढे दुई प्रतिशत जनसङ्ख्या रहेकाले सातौँपटक अभियान सञ्चालन गर्नुपरेको हो । कुल जनसङ्ख्यामध्ये तीन हजार ४१८ जनामा हात्तीपाइलेको जीवाणु रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । पर्वतमा आगामी चैत ५, ६ र ७ गते गरी तीन दिनसम्म अभियान सञ्चालन गरिने भएको छ । जिल्लाको कुल जनसङ्ख्यामध्ये एक लाख ३६ हजार ७१० जनालाई औषधि सेवन गराउने अभियानको लक्ष्य रहेको...

Read More