Author: Himalaya Post

भारी मतान्तरका साथ राप्रपा अध्यक्षमा थापा विजयी

काठमाडौँ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित हुनु भएका छन्। एकता महाधिवेशनअन्तर्गत आज भएको मतदान प्रक्रियामा थापाले दुई हजार ८०४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी प्रदीपविक्रम राणाले २५१ मतमात्र प्राप्त गरे । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल तीन हजार १३६ मत सदर तथा ८१ मत बदर भएको छ । अध्यक्षमा निर्वाचित भएसँगै थापाले कार्यकर्ताको भावनालाई सम्मान गर्दै गुटबन्दीलाई अन्त्य गर्ने बताए । कार्यकर्तालाई अन्याय हुन नदिने बताउँदै अध्यक्ष थापाले आगामी दिनमा पार्टीलाई एकताबद्ध गरी राष्ट्रिय राजनीतिमा पार्टीले मुख्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । मङ्गलबार केन्द्रीय सदस्यका लागि निर्वाचन गरिनेछ । पार्टीको...

Read More

१८ वर्षीय युवाले नेपालमै बनाए गाडी

काठमाडौँ, फागुन ९ । बाग्लुङका एक युवकले गाडी निर्माण गरी आफ्नो प्रतिभा देखाएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा १८ वर्र्षीय भीम सुनारले एक महिना लगाएर निर्माण गरेको ‘ओसियन’ नामको गाडी भृकुटीमण्डपमा बनाएर सार्वजनिक गरिएको हो । सो अवसरमा सुनारले भने, “म अहिले कक्षा १२ मा अध्ययनरत छु, १० कक्षा पढ्दाको समयमा शैक्षिक प्रदर्शनी गर्नुपर्थो, त्यस बेला डोजर बनाएर प्रदर्शन गरेको थिएँ, त्यसपछि रोबर्ट र हेलिकप्टर बनाएँ, आज आएर चार पाङ्ग्रे गाडी निर्माण गरेको छु, यो केवल नमुना हो ।” सुनारले थपे, “मैले गाडी रु ८० हजार लागतमा निर्माण गरेको हुँ, तीन लाख खर्च गरेर बनाउने हो भने राम्रो...

Read More

अयोगद्वारा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते प्रस्ताव

काठमाडौँ, फागुन ९ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यसहित आयोगका पदाधिकारीसँगको छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न लागेको र त्यसमा सरकारका तर्फबाट के कस्तो सहयोग उपलब्ध गराउनुपर्छ भनी आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए । परामर्शपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आयोग द्रुत गतिमा निर्वाचन गराउन तयार रहेको...

Read More

राप्रपाको मतदान प्रक्रिया सम्पन्न, को बन्ला अध्यक्ष ?

काठमाडौँ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि मतदान सम्पन्न भएको छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार कुल मतदाता तीन हजार २८७ रहेकामा तीन हजार १२१ मत खसेको छ । महाधिवेशनमा अध्यक्ष पदका लागि कमल थापा र प्रदीपविक्रम राणाले उम्मेदवारी दिएका थिए । आजबाट नै मत गणना सुरु गरिनेछ । निर्धारित समयभन्दा करिब छ घन्टापछि निर्वाचनको प्रक्रिया सुरु भएको थियो । निर्वाचन समितिका संयोजक निरञ्जन थापाका अनुसार उम्मेदवारका अन्तिम नामावली प्रकाशन गर्न नसकिएकाले आज बिहानबाट हुनुपर्ने भनिएको मतदानको कार्यतालिकाअनुसार हुन नसकेको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको...

Read More

अवरुद्ध बिपी राजमार्ग खुला

सिन्धुली, फागुन ९ । शीतलपाटी गाविस–९ बेनीघाट खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । राजमार्ग निर्माणका बेला सञ्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाट मात्र सवारी सञ्चालनमा ल्याइएको हो । आइतबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग १९ घन्टापछि खुलाइएको बनेपा –सिन्धुली – बर्दिबास सडक योजनाका योजना प्रमुख भरतकाजी तिवारीले जानकारी दिए । अहिले बीच बाटामा रोकिएका सबै सवारीलाई गन्तव्यतर्फ पठाइएको छ । राति सवारी सञ्चालन गर्दा जोखिम रहने भएकाले सो समयमा कुनै पनि सवारी साधन सञ्चालन नगरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले बताए । साँघुरो वैकल्पिक सडकबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले अहिले सुरक्षालाई...

Read More