Author: Himalaya Post

मुख्यमन्त्री बानियाँको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक, विकास र सुशासनका महत्वपूर्ण निर्णय

 हेटौंडा- बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज दिउँसो ४:०० बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, मुख्य सचिव तथा सम्बन्धित उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा प्रदेश सरकारका समसामयिक विषय, विकास निर्माणका आयोजना, बजेट कार्यान्वयनको अवस्था, सार्वजनिक सेवा प्रवाह, सुशासन प्रवर्द्धन, प्रशासनिक सुधार, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार जनताप्रति उत्तरदायी, पारदर्शी र परिणाममुखी ढंगले अघि बढिरहेको उल्लेख गर्दै विकास निर्माणका कामलाई निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिनुभएको...

Read More

स्प्रिङबेस एआईको नयाँ प्रविधि: आवाजबाटै वेबसाइट, एप र रिपोर्ट तयार हुने

काठमाडौं- अमेरिकी राज्य डेलावेयरमा मुख्यालय रहेको एआई कम्पनी स्प्रिङबेस एआई (Springbase.ai) ले आफ्नो प्लेटफर्ममा नयाँ ‘भ्वाइस–टु–एजेन्ट’ (Voice-to-Agent) सुविधा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो प्रविधिले प्रयोगकर्ताले बोलेका विचारलाई बुझेर वेबसाइट, मोबाइल एप, अनुसन्धान प्रतिवेदन, कार्यप्रवाह तथा अन्य डिजिटल उत्पादनमा रूपान्तरण गर्न सक्षम हुनेछ। कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार यो सुविधा परम्परागत भ्वाइस असिस्टेन्टभन्दा फरक छ। सामान्य प्रश्न–उत्तरमा सीमित नरही यसले प्रयोगकर्ताको उद्देश्य बुझेर आवश्यक योजना तयार गर्ने, अनुसन्धान गर्ने तथा विभिन्न डिजिटल सामग्री स्वतः निर्माण गर्ने क्षमता राख्छ। नयाँ प्रविधिले १५० भन्दा बढी भाषालाई समर्थन गर्ने भएकाले विश्वभरका प्रयोगकर्ताले आफ्नै मातृभाषामा एआईसँग संवाद गरी वेबसाइट, एप, अनुसन्धान प्रतिवेदन, प्रस्तुतीकरण, सामग्री...

Read More

विश्वभरका नेपाली विज्ञलाई एकै मञ्चमा ल्याउँदै एनआरएनएले गठन गर्‍यो नयाँ सल्लाहकार समिति

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकले विश्वका विभिन्न मुलुकमा रहेका प्रतिष्ठित प्राध्यापक, विज्ञ, चिकित्सक, उद्योगी, समाजसेवी तथा एनआरएन अभियन्तालाई समेटेर ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। नयाँ समितिमा विभिन्न महादेशबाट नेपाली मूलका विशिष्ट व्यक्तित्वलाई समावेश गरिएको एनआरएनएले जनाएको छ। संघका अनुसार अनुभवी नेतृत्व, विषयगत विज्ञता र अन्तर्राष्ट्रिय सञ्जाललाई संस्थाको नीति निर्माण तथा रणनीतिक कार्यमा उपयोग गर्ने उद्देश्यले समिति गठन गरिएको हो। अमेरिका र क्यानडा क्षेत्रबाट चिरञ्जीवी घिमिरे, डा. द्रोण रसाली, डा. लक्ष्मी पाठक र डा. मनिका प्रधान सल्लाहकारमा मनोनीत भएका छन्। यसैगरी इभान शर्मा र लक्ष्मण अधिकारी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा...

Read More

एक घण्टा प्रधानमन्त्री–गभर्नर छलफल : मौद्रिक नीतिमा लचकताको संकेत

काठमाडौं- आगामी मौद्रिक नीति सार्वजनिक हुने तयारी भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा करिब एक घण्टा लामो उच्चस्तरीय छलफल भएको छ। भेटमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने, निजी क्षेत्रको विश्वास पुनःस्थापित गर्ने, सेयर बजारलाई स्थायित्व दिने तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने विषयमा केन्द्रित भएर विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलका क्रममा प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तता हटाउन सरकार र नेपाल राष्ट्र बैंकबीच नीतिगत समन्वय अझ प्रभावकारी हुनुपर्ने धारणा राखेका थिए। उनले पूँजी बजारमा आबद्ध लाखौं लगानीकर्ताको मनोबल जोगाउनु राष्ट्र बैंकको महत्वपूर्ण जिम्मेवारी भएको...

Read More

विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्य सिफारिस, न्यायिक नेतृत्वमा व्यापक हेरफेर

काठमाडौं- न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई नियुक्त गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ। परिषद्को बिहीबार बसेको बैठकले विशेष अदालतसहित राजस्व न्यायाधीकरण र श्रम अदालतको नेतृत्व परिवर्तन गर्न सिफारिस गर्नुका साथै उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवा गर्ने निर्णय गरेको हो। परिषद्को निर्णयअनुसार विशेष अदालतका वर्तमान अध्यक्ष सुदर्शनदेव भट्टको स्थानमा आचार्यलाई जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, राजस्व चुहावट तथा सार्वजनिक पदसँग सम्बन्धित विशेष प्रकृतिका मुद्दा हेर्ने विशेष अदालतको नेतृत्व परिवर्तनलाई न्यायिक क्षेत्रको महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ। यसैगरी, राजस्व न्यायाधीकरणका अध्यक्षहरूमा पनि नयाँ नियुक्तिका लागि सरकारलाई परामर्श दिइएको छ। उच्च अदालत...

Read More