Author: Himalaya Post

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदरः अमेरिकी डलर बिक्रीदर रु १५४.४६, युरो रु १७७.०९

काठमाडा- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ ८० पैसा र बिक्रीदर २०८ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ५७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको...

Read More

गोलभेँडा १२ रुपैयाँदेखि, स्याउ ३०० रुपैयाँसम्म: आजको थोक मूल्य

काठमाडौँ-  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २१, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४५, आलु रातो (मुढे) प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, सेतो आलु प्रतिकेजी ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ८०, सेतो मूला (हाइब्रिड)...

Read More

आज साउने सङ्क्रान्ति पर्व

काठमाडौं – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ । अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा रहेको प्रा डा...

Read More

‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट, विजेताले पाउनेछन् १० लाख रुपैयाँ र वर्ल्ड टुरको अवसर

 काठमाडौं- नेपालकै चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका छन्। टप–१० मा स्थान बनाउन सफल प्रतिस्पर्धीहरूमा कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी रहेका छन्। हजारौँ डिजिटल आवेदनबाट सुरु भएको अडिसन नेपालका पोखरा, बुटवल, इटहरी, काठमाडौं तथा भारतको सिलिगुडीसम्म सञ्चालन गरिएको थियो। विभिन्न चरणको कडा प्रतिस्पर्धा पार गर्दै यी १० जना प्रतिस्पर्धीले अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। टप–१० मा पुगेका सबै प्रतिस्पर्धीले आफ्नो फरक शैली, दमदार फ्लो, सिर्जनात्मक लेखन तथा प्रभावशाली स्टेज प्रस्तुति मार्फत निर्णायक र दर्शकको मन जित्दै आएका छन्। अबका...

Read More

भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत, संयुक्त निर्देशक समिति र कार्यदल बैठक पोखरामा सम्पन्न

 काठमाडौं- पोखरा भारत र नेपालबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ। संयुक्त निर्देशक समितिको बैठक भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीको सह-अध्यक्षतामा सम्पन्न भएको हो। त्यसअघि संयुक्त कार्यदलको बैठक भारतका सहसचिव (प्रसारण) पंकज कुमार र नेपालका सहसचिव सन्दीप कुमार देवको सह-अध्यक्षतामा बसेको थियो। बैठकमा जलविद्युत् आयोजनाको विकास, सीमापार विद्युत् व्यापार, प्रसारण पूर्वाधार विस्तार तथा ऊर्जा क्षेत्रमा भइरहेका द्विपक्षीय सहकार्यको विस्तृत समीक्षा गरिएको थियो। विशेषगरी ४०० केभी...

Read More