Author: Himalaya Post

टीभीएस नेपालद्वारा “टीभीएस गोल्डेन की” दशैं योजना सार्वजनिक, निश्चित पुरस्कार, दैनिक लक्की ड्र र सहज फाइनान्सको सुविधा

काठमाडौं – नेपालको महान चाडपर्वको अवसरमा, नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. ले आफ्नो विशेष चाडपर्व लक्षित उपभोक्ता योजना “TVS Golden Key” सार्वजनिक गरेको छ। यस वर्षको दशैंलाई अझ विशेष र उत्साहपूर्ण बनाउने उद्देश्यले ल्याइएको TVS Golden Key योजनाअन्तर्गत कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्नुहुने प्रत्येक ग्राहकले तीनमध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ। यस योजनाअन्तर्गत कुनै पनि टीभीएस दुईपांग्रे सवारीसाधन खरिद गर्नुहुने ग्राहकहरूले १० लाखसम्म नगद छुट वा Gold Key वा खरिद मूल्यको १००% सम्म क्यासब्याक मध्ये कुनै एक निश्चित पुरस्कार प्राप्त गर्नुहुनेछ। हरेक खरिदमा निश्चित पुरस्कार प्राप्त हुने भएकाले TVS...

Read More

पत्रकार महासंघमा सरोकारवालाको साझा धारणा : “छापा माध्यम जोगाउन निर्णायक आन्दोलन आवश्यक”

काठमाडौं – लोककल्याणकारी विज्ञापनको रकम कटौती तथा सञ्चार क्षेत्रसँग सम्बन्धित पछिल्ला नीतिगत व्यवस्थाविरुद्ध नेपाल पत्रकार महासंघले देशव्यापी अभियान तथा आन्दोलनको तयारी थालेको छ । साना लगानी, स्वरोजगार तथा छापा सञ्चारमाध्यमको निरन्तरतामा लोककल्याणकारी विज्ञापन प्रत्यक्ष जोडिएको भन्दै महासंघको स्वरोजगार तथा साना लगानीका मिडिया प्रवद्र्धन समितिले शुक्रबार ‘लोककल्याणकारी विज्ञापनको रकम कटौती ः छापा माध्यमका समस्या र समाधानका उपायहरू’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राम, काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी सरोकारवालाले लोककल्याणकारी विज्ञापनमा हुने कटौतीले साना तथा स्वरोजगारमूलक छापा माध्यमको प्रकाशन निरन्तरता, पत्रकार तथा कर्मचारीको रोजगारी र समग्र सञ्चार क्षेत्रको विविधतामै असर पर्ने बताएका छन् ।...

Read More

भोटेकोशी–त्रिशूली बाढी प्रभावित बीमितका लागि शिखर इन्स्योरेन्सले सार्वजनिक गर्‍यो दाबी सहायता नम्बर

काठमाडौं- भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट क्षति व्यहोरेका बीमितलाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी प्रक्रियामा सहजीकरण गर्ने भएको छ। कम्पनीले बाढीका कारण बीमित सम्पत्तिमा क्षति पुगेका ग्राहकलाई दाबीसम्बन्धी जानकारी तथा आवश्यक प्रक्रियाका लागि सम्बन्धित शाखा वा केन्द्रीय दाबी विभागमा सम्पर्क गर्न आग्रह गरेको छ। कम्पनीका अनुसार २०८३ भदौ २० गते आएको बाढीबाट भएको क्षतिको बीमा दाबी गर्न चाहने बीमितले कम्पनीले सार्वजनिक गरेका सम्पर्क नम्बरमा फोन गरी आवश्यक जानकारी लिन सक्नेछन्। क्षतिको प्रारम्भिक विवरण, दाबी दर्ता प्रक्रिया, आवश्यक कागजात तथा क्षति मूल्याङ्कनसम्बन्धी विषयमा समेत सम्बन्धित शाखा तथा दाबी विभागबाट जानकारी लिन सकिने कम्पनीले जनाएको छ। बाढीका कारण विशेषगरी...

Read More

चाँगाथलीमा ग्यास्ट्रो–कलेजो स्वास्थ्य शिविर, जनताको आवश्यकताअनुसार निरन्तरता दिने अध्यक्ष महर्जनको भनाइ

काठमाडौं- ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा निःशुल्क ग्यास्ट्रो तथा कलेजोसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। महालक्ष्मी नगरपालिका–७ को आयोजनामा तथा टिकाथली स्वास्थ्य चौकीको समन्वयमा शनिबार शिविर आयोजना गरिएको हो। शिविरमा ग्यास्ट्रो तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएका स्थानीयवासीको स्वास्थ्य परीक्षणसँगै विशेषज्ञ चिकित्सकबाट आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो। शिविरमा नेसनल ग्यास्ट्रो लिभर सेन्टर प्रालिले प्राविधिक सहयोग गरेको थियो। स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको वडा अध्यक्ष बाबुराजा महर्जनले बताएका छन्। उनले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि स्थानीयको आवश्यकता र मागअनुसार स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्। शिविरले ग्यास्ट्रो तथा कलेजोसँग सम्बन्धित...

Read More

देशलाई निकास दिन राजासहित राष्ट्रिय सहमति आवश्यक : अध्यक्ष लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई निकास दिन निषेधको राजनीति त्यागेर राजासहितको राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राप्रपाको जिल्ला अधिवेशनलाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश लामो समयदेखि राजनीतिक तरलता र अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको बताए । उनले विगतमा भएको राजनीतिक परिवर्तन र विद्रोहपछि पनि जनतामा अशा जाग्न नसकेको उल्लेख गर्दै अब देशले थप द्धन्द र निषेधको राजनीति थेग्न नसक्ने बताए । अध्यक्ष लिङ्देनले सबै राजनीतिक दल र राजाबीच राष्ट्रिय सहमति निर्माण नभएसम्म मुलुकले निकास नपाउने दावी गरे । आगामी मंसिरमा हुने पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रिया...

Read More