लिङ्देन नगएपछि राजावादीको भेलामा भाँडभैलो
काठमाडौँ – राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत संयुक्त जनआन्दोलन परिचालन समितिको समिक्षा बैठक भाँडिएको छ । बुधबार काठमाडौंको एक पार्टी प्यालेशमा बोलाइएको समिक्षा तथा आन्दोलनको नयाँ रुपरेखाका तय गर्ने भनिएको बैठकमा युवाहरुले हो–हल्ला गरेपछि भाँडिएको हो । बैठकमा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएत उपस्थीत थिए । तर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन अनुपस्थित रहेपछि बैठकमा सहभागी भएका केहिले आपत्ति जनाउदै नारावाजी गरेका थिए । बैठककै बीच राप्रपा नेपालका अध्यक्ष थापाले मन्तव्य राख्न खोज्दा निरन्तर नारावाजी तथा होहल्ला भएपछि थापा मन्तव्य नराखि फकिएका थिए । त्यसपछि संयोजक सुवेदीले पहिलोे चरणको...
Read More