Author: Himalaya Post

भलिबल लिग जेठ ८ गतेदेखि पोखरामा शुरु हुने

काठमाडौँ– नेपाल भलिबल संघको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठ ८ गतेदेखि पोखरामा आयोजना हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिता जेठ ८ देखि १५ गततेसम्म पोखरा रंगशालास्थित उद्देश्यीय कभर्ड हलमा हुने जानकारी दिएको हो । काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको संघले जनाएको छ । लिगमा महिलातर्फ ६ र पुरूषतर्फ ८ टोलीले लिगमा प्रतिस्पर्धा गर्नेछन्, जसमा पुरूषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्ने...

Read More

नेपाल–भारत सीमाक्षेत्र नजान आफ्ना देशका नागरिकलाई चिनियाँ दूतावासको आग्रह

काठमाडौँ– काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई नेपाल–भारत सीमामा नजान आग्रह गरेको छ । दूतावासले आफ्नो वीच्याट च्यानलमा एक पोस्ट गर्दै भनेको छ, ‘नेपाल र भारत दुवैले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छन्, त्यसैले भारतीय भूमिमा गल्तीले छिर्ने सम्भावनाबाट सतर्क रहन आवश्यक छ ।’ नेपाल–भारतको सीमा खुला रहेको बताउदैँ त्यसमा भनिएको छ, ‘व्यक्तिगत लापरबाहीका कारण भारतीय भिसा बिना भारतीय भूमि गल्तीले नछिर्नुहोस् ।’ भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण नेपाल तथा भारत दुवैले सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेका छन्...

Read More

आइपिएल अनिश्चित कालका लागि स्थगित

नयाँदिल्ली– भारतीय प्रिमियर लिग (आइपिएल) नयाँदिल्ली र पाकिस्तानबीचको बढ्दो सीमा तनावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार रिपोर्ट गरेका छन् । बिहीबार धर्मशालामा भएको खेल रद्द भएपछि क्रिकेट अधिकारीहरूले टी२० प्रतियोगिता स्थगित गर्ने निर्णय गरेका हुन् । धर्मशाला केही घण्टाअघि विस्फोट भएको जम्मू सहरबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा छ । पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सले एक्समा लेखेको छ, “प्रत्येक कदममा साहस । प्रत्येक धड्कनमा गर्व । हाम्रा सशस्त्र सेनाहरूलाई सलाम !” यो खाताले सशस्त्र सेनाको तस्वीर ट्याग गरेको छ र यसमा लेखिएको छः ‘राष्ट्र पहिले । अन्य सबै कुरा पछि ।’ दश टोलीको आइपिएल...

Read More

राजावादीको मोटरसाइकल र्‍यालीले बालाजु–कलंकी–बल्खु क्षेत्रका ट्राफिक अस्तव्यस्त

काठमाडौँ – राजावादी शक्तिहरूले आज मोटरसाइकल र्‍याली निकाल्दा काठमाडौँको बालाजु, कलंकी र बल्खु क्षेत्रमा ट्राफिक अस्तव्यस्त भएको छ। सुकेधारादेखि बल्खु सम्मको दूरीमा निकालिएको यस र्‍यालीले उक्त क्षेत्रको यातायातमा निकै अवरोध पुर्याएको छ। राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका प्रमुख नेताहरू र्‍यालीमा सहभागी छन्। र्‍यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा र हिन्दूत्व झल्कने झण्डाहरू बोकेका थिए। उनीहरूले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको स्थापनासम्म संघर्ष जारी राख्ने घोषणा गरेका छन्। समितिले आगामी जेठ १५ देखि जनआन्दोलन सुरु गर्ने र राजसंस्था र हिन्दू राष्ट्र स्थापन नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरेको...

Read More

भारतमा २४ विमानस्थलमा उडान निलम्बन

मुम्बई– भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ । भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबीच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ । बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडानहरू बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसर जस्ता सहरहरूमा रहेका छन् । एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एयरलाइन्सले बुधबारदेखि एक सयभन्दा बढी उडान रद्द गरिसकेका छन् । स्थानीय मिडियाले...

Read More