Author: Himalaya Post

वाइसीएलले थाल्यो बाढी पिडितको अस्थायी आवास निर्माण

काठमाडौ- सुरुवात देखिने बाढी प्रभावित क्षेत्रमा सक्रिय रहेको वाइसीएलले ६०० स्वयंसेवक उद्धार तथा राहत कार्यमा नियमित परिचालन गरिरहेको छ । प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारसँगै घाइतेहरूको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने र प्रभावित परिवारको गास, बास तथा अन्य आवश्यकतामा सहयोग गर्ने काम भइरहेको छ। अध्यक्ष पुष्प ओलीका अनुसार ‘अरु जान नसकेको र गर्न नसकेको काम हामीले गरिरहेका छौं वैकल्पिक सडक हुदै कठिन भूगोल र मौसमी प्रतिकुलता पार गर्दै रसुवामा अति आवश्यक सामग्रीहरू ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेटहरू, सेनिटरी प्याड, म्याट्रेस लगायत सामग्री लगेर पुगेको थियो भने नुवाकोटको त्रिशुली...

Read More

काठमाडौं महानगरले विपन्नको जलन उपचार निःशुल्क गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले लक्षित वर्गका लागि २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ । विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गरिने भएको छ । निःशुल्क जलन उपचार सेवा प्रदान गर्न काठमाडौं महानगरपालिका र कीर्तिपुर अस्पताल बीच एक सम्झौता भएको छ । साथै उपचारका लागि प्रयोग हुने औजार, उपकरण तथा निःशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ बराबर सहयोग प्रदान गरेको छ। जसमध्ये ‘जलन उपचार कोष’मा १ करोड रुपैयाँ रहनेछ । उपचारका लागि लक्षित वर्गलाई यही कोषबाट प्रति बिरामी २ लाख रुपैयाँसम्म खर्च ब्यहोरिनेछ । सोही कोषमा...

Read More

सेनामा जर्नेल अनुपजंग थापाले पाए दोहोरो जिम्मेवारी

काठमाडौं – नेपाली सेनाका उपरथी अनुपजंग थापालाई नीति महानिर्देशनालयको महानिर्देशकको समेत जिम्मेवारी दिइएको छ। उनी नेपाली सेनाको हाल शक्तिशाली मानिने युद्धकार्य महानिर्देशनालयका महानिर्देशक हुन्। थापालाई दोहोरो जिम्मेवारी दिइनुलाई आगामी प्रधानसेनापतिको दौडसँग जोडेर हेरिएको छ। उनलाई भावी प्रधानसेनापतिका लागि तयार पार्ने उद्देश्यले यो जिम्मेवारी दिइएको चर्चा सैनिक वृत्तमा छ । थापा यसपछिका प्रधानसेनापतिका एकल दावेदार...

Read More

जेनजी आन्दोलनपछि पुनर्निर्माण भयो गौशाला प्रहरी चौकी

काठमाडौं – जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको गौशाला प्रहरी चौकी पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आज आयोजित कार्यक्रमबीच पुनर्निर्मित प्रहरी चौकीको उद्घाटन गरेका हुन्। आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचना पुनर्निर्माण भएसँगै प्रहरीलाई नियमित सेवा प्रवाह तथा कार्यसम्पादनमा थप सहजता हुने प्रहरी महानिरीक्षक कार्कीले बताए। उनले पुनर्निर्माणसँगै नागरिकलाई प्रभावकारी सुरक्षा सेवा उपलब्ध गराउन प्रहरीलाई थप सहज हुने विश्वास व्यक्त...

Read More

प्रधान सेनापति सिग्देल चीन भ्रमणका लागि प्रस्थान

काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन्। चीनको निमन्त्रणामा प्रधान सेनापति सिग्देल भदौ २५ गतेदेखि असोज ३ गतेसम्म चीन भ्रमणमा रहने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउनेछन्। भ्रमणअघि प्रधान सेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले बिदाइ गरेका थिए। भ्रमणले नेपाल–चीनबीचको आपसी सैनिक सम्बन्ध विस्तार तथा सैन्य कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ। प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको...

Read More