भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको लर्को
राँझा (बाँके) – बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ । तीजको पूर्वसन्ध्या भइसक्दा पनि नेपालगञ्ज बजारमा व्यापारको धेरै चहलपहल छैन । बजारमा उपभोक्ताको चहलपहल कम छ । सीमा पारी भारतीय बजार रूपैडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ । घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजाराौंको संख्यामा नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजार रुपैडिहा पुग्ने गरेका छन् । अधिकांश उपभोक्ता नेपाली हुने भएकाले रुपैडिहामा नेपाली रुपैँया र मूल्यमा कारोबार हुने गरेको छ । व्यापारीहरुले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाको सहजता गरेका...
Read More

























