Author: Himalaya Post

८.३ प्रतिशतले बढे विदेशी पर्यटक

काठमाडौँ- सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् । सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा ७२ हजार ७१९ जना पर्यटक नेपाल भित्रिएका छन् । अगष्टमा भारतबाट सबैभन्दा बढी २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट चार हजार ८५१ र बङ्गलादेशबाट तीन हजार ७७ पर्यटक नेपाल आएका छन् । बोर्डका अनुसार सन् २०२२ को...

Read More

नारायणगढ–बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छ : मन्त्री दाहाल

चितवन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताएका छन् प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताएका हुन् । मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गरे । “सडक निर्माणको काम सुरु भएको लामो समय भइकेको छ तर प्रगति हेर्दा ५४/५५ प्रतिशत मात्र काम भएको पाइएको छ । हामीले एक वर्षको म्याद थपेका छौँ, अब सोही अवधिमा जसरी पनि काम सक्नुपर्छ”, उनले भने । मुख्य राजमार्गका रूपमा रहेको यो...

Read More

दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स नविकरण गरिदिने

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले निजी क्षेत्रको दूर सञ्चार सेवा प्रदायक एनसेलको इजाजत पत्र नविकरण गर्ने भएको छ । मन्त्री परिषद्को भदौ १३ गते बिहीबारको बैठकले नविकरण दस्तुर किस्तामा तिर्नका लागि एनसेललाई स्वीकृति दिने निर्णय गरेपछि प्राधिकरणले इजाजत पत्र नविकरणको निर्णय गरेको हो। प्राधिकरणले इजाजत पत्र नविकरण सम्बन्धमा एनसेललाई पत्रमार्फत जानकारी गराएको छ। सरकारले पाँच वर्ष अवधिका लागी इजाजत पत्र नविकरण गर्न एनसेलले ब्याज सहित ४ किस्तामा बक्यौता नविकरण दस्तुर भुक्तानी गर्नुपर्ने शर्त राखेको छ। पहिलो किस्तामा ब्याज मिनाहा गरेपनि एनसेलले सरकारलाई दोश्रो किस्ता देखि वार्षिक १० प्रतिशतका दरले ब्याज भुक्तानी गर्नुपर्नेछ। एनसेलले इजाजत पत्र नविकरणका लागि प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने...

Read More

सकियो नाडा अटो शो-२०२४, ८२ हजार बढीले गरे अवलोकण अवलोकन

काठमाडौँ– टाटा डटइभिद्धारा प्रायोजित नाडा अटो शो सम्पन्न भएको छ । आइतबार काठमाण्डौ भृकुटी मण्डपमा सम्पन्न भएको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट शुभारम्भ भएको यस १६ संस्करणको नाडा अटो शो २०२४ मा ८२ हजार ४७० दर्शकहरुले अवलोकन गरेका छन् । निकै ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी गत बर्षहरुमा भन्दा निकै भब्य रुपमा सम्पन्न भएको आयोजकको भनाइ छ । थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको सहभागिताका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो विगतमा भन्दा निकै भब्य...

Read More

एकीकृत समाजवादीद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ । स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी गठन गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिए । आसन्न उपनिर्वाचन लक्षित उक्त कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, सचिव छन् । कोशी प्रदेशको संयोजकमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेसको संयोजकमा धर्मनाथप्रसाद साह, बागमतीको संयोजकमा डा गङ्गालाल लुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराल, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीको संयोजकमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशको संयोजकमा भानुभक्त जोशीलाई जिम्मेवारी तोकिएको छ । पार्टीका विभिन्न विभाग, इन्चार्जसहितका विभिन्न नेतालाई जिम्मेवारी छिट्टै तोकिने जनाइएको छ...

Read More