Author: Himalaya Post

एलन मस्कको अटेरीपछि ब्राजिलमा एक्स निलम्बित

एजेन्सी – मालिक एलोन मस्कले स्थानीय कानुनहरूको पालना गर्न अस्वीकार गरेपछि ब्राजिलमा सामाजिक सञ्जाल एक्स निलम्बनमा परेको छ । विश्वको पाँचौं ठूलो डिजिटल जनसंख्या भएको देश ब्राजिलमा एलोन मस्कले स्थानीय कानूनहरूको पालना गर्न र त्यसका लाथि स्वाथीय कानुन क्सको तर्फबाट लागि कानुनी प्रतिनिधि नियुक्त गर्ने समय सीमा पार गरेको भन्दै त्यहाँको सर्वोच्च अदालतले एक्समाथि रोक लगाएको हो । त्यहाँको सर्वोच्च अदालतका प्रभावशाली न्यायाधीश अलेक्जेन्डर डे मोरेसले अदालतको आदेशहरूको पालना नगरेसम्म र तोकिएको जरिवाना नतिरेसम्म सामाजिक सञ्जाल प्लेटफर्मको ‘तत्काल र पूर्ण निलम्बन’ गर्न आदेश दिएका हुन् । इन्टरनेट प्रदायक र मोबाइल फोन कम्पनीहरूले प्रतिबन्ध लागू गर्न थालेपछि लाखौं ब्राजिलियन प्रयोगकर्ताहरू...

Read More

नेपालमा एसेम्बल भएका सवारी नाडा अटो शोमा देख्दा खुसी लाग्यो : डेपुटी गभर्नर मिश्र

काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नियामकका हिसाबले आफूहरुले गरेका केही व्यवस्थाले सकारात्मक संकेत दिइसकेको बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आइतबार आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । डेपुटी गभर्नर मिश्रले भने– ‘हामीले नियामकका हिसाबले गरेका केही व्यवस्था अटो र शेयर मार्केटमा देखिएको छ,’ उनले भने, ‘अहिले एनपीएको वृद्धि समस्याका रुपमा देखिएको छ, घरजग्गामा केही पैसा गयो भने त्यो पनि घट्छ ।’ आईसीईको व्यवसाय धेरै नै प्रभावित हुने अवस्था आएमा राष्ट्र बैंकले नीतिगत पुनरावलोकन गर्ने उनले बताए । ‘अहिले ईभीमा...

Read More

अर्थतन्त्र सुधार गर्न सरकार सशक्त हस्तक्षेपका लागि तयार छ : अर्थमन्त्री पौडेल

काठमाडौँ – उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक अस्थिरताको असर मुलुकको अर्थतन्त्रमा परेकाले स्थिर सरकार बनाउनुपरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिक साधारणसभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले वर्षमा तीनपटक अर्थमन्त्री फेरिने अस्थिरताको अवस्थाले मुलुकको अर्थतन्त्र लगायतका क्षेत्रमा नकारात्मक असर परेको भन्दै स्थिर सरकार बनाउनुपरेको बताएका हुन् । उनले अब छिटोछिटो मन्त्री परिवर्तन हुने परिपाटी राकिने बताए । “आर्थिक र वित्तीय सूचकहरु सकारात्मक बन्दै गएपनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ”, अर्थमन्त्री पौडेलले भने, “केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको...

Read More

खुला व्यायामशालातर्फ सर्वसाधारणको आकर्षण

दमौली (तनहुँ) – तनहुँको व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा कार्यालयले सेतीमादी सामुदायिक वनभित्र खुला व्यायामशाला निर्माण गरेको हो । व्यायामशालामा दैनिक सर्वसाधारणको घुइँचो लाग्छ । स्वस्थ जीवनका लागि व्यायाम अतिआवश्यक रहेको र वडाले निर्माण गरेको खुला व्यायामशाला सर्वसाधारणको ध्यान खिच्न सफल भएको व्यास नगरपालिका–३ सिर्जनाटोलका त्रिभुवन श्रेष्ठले बताए । स्थानीय प्रेमप्रसाद पौडेलले खुला व्यायामशालाको संरक्षण महत्त्वपूर्ण भएको बताए । उनले भने, “सर्वसाधारणको बाक्लो उपस्थितिले यसको संरक्षणमा चुनौती थपिएको छ । यहाँ टिकट प्रणाली लागू गरेर यसको संरक्षणमा...

Read More

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ – प्रतिकूल मौसमका कारण मुुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरताको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ‘डिले’ भएका छन् । प्रतिकूल मौसमका कारण आन्तरिकततर्फ पोखरा, भरतपुर र सिमारा विमानस्थल दिउँसोसम्म पनि बन्द छन् । आन्तरिकतर्फ पनि इन्ट्रयुमेन्ट फ्लाइट रुल्स(आइएफआर) उडान मात्रै भइरहेको विमानस्थलले जनाएको छ । पोखरा विमानस्थलको भिजिविलिटी कमजोर हुँदा काठमाडौँ–पोखरा कुनैपनि उडान भएको छैन । पोखरा–काठमाडौँ मात्र दुई उडान...

Read More