राष्ट्रपति पौडेलद्वारा भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् । महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम अन्तर्गत राष्ट्रपति पौडेल शुक्रबार भक्तपुर दरबार स्क्वायर गएका हुन् । सो क्रममा राष्ट्रपति पौडेलले दरबार स्वायर, राष्ट्रिय कला संग्राहलय, पुरात्वातिक क्षेत्र, पाँचतले मन्दिर र भैरबनाथको मन्दिरको अवलोकन गर्दै त्यहाको वस्तुस्थीतिका बारेमा जानकारी लिएका थिए । त्यस्तै उनले केहीबेर स्थानीयसंग पनि कुराकानी गरेका थिए । राष्ट्रपति पौडेलको महिनामा एकदिन सार्वजनिकस्थलमा राष्ट्रपति भन्ने कार्यक्रम अन्तरगत सार्वजनिकस्थलमा जाने कार्यक्रम तय भएको थियो । सोही कार्यक्रम अन्तरगत राष्ट्रपति पौडेल पहिलो पटक भक्तपुर दरवार स्क्वायर पुगेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।...
Read More

























