Author: Himalaya Post

सचिव ज्ञवालीद्वारा राजीनामा

काठमाडौँ – राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । पहिलो वरियतामा रहे पनि मुख्यसचिव बन्न असफल भएपछि ज्ञवालीले राजीनामा दिएका हुन् । ज्ञवालीले सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ सचिवलाई मुख्यसचिव बनाउने अभ्यास रहेकाले छोटो समयका लागि भए पनि मुख्य सचिव बन्ने आशा राखेका थिए । वरियता र योग्यताक्रममा आफूभन्दा तल रहेका एक नारायण अर्याललाई सरकारले मुख्य सचिव बनाउने भएपछि उनले राजीनामा दिएका हुन् । उनको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत समेत गरेको छ । ज्ञवाली भदौ २२ गते अनिवार्य अवकाशमा जाँदै थिए । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुमध्ये चौथो वरियतामा रहेका गृहसचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको...

Read More

संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल

काठमाडौँ – संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित १७ जना राजदूतविरुद्ध उजुरी हाल्ने उजुरीकर्तासँग आज छलफल गरेको छ । समितिले बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमा उल्लेख गरिएका विषयवस्तुबारे उजुरीकर्तासँग पुस्टयाँइ माग गरिएको हो । प्रस्तावित राजदूतविरुद्ध नौवटा उजुरी परेकामा समितिले छ जना उजुरीकर्तालाई बैठकमा उपस्थित भई आफ्ना भनाइ प्रस्तुत गर्न अनुमति दिएको हो । उजुरीकर्तामध्ये अधिकांशले संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई आत्मसात नगरिएको उल्लेख गर्दै सिफारिस सच्याउन माग गरे । प्रस्तावित व्यक्तिका सम्बन्धमा उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराई उजुरीको विषय र त्यसको औचित्यता स्पष्ट पार्न लगाउने तथा प्रस्तावित व्यक्तिलाई बोलाएर छलफल गर्नेलगायतका काम गरी सुनुवाई प्रक्रियाभित्र पर्छ ।...

Read More

मोहन मैनालीको ‘मुकाम रणमैदान’ले जित्यो २०८० को मदन पुरस्कार , योगेन्द्र यादवलाई जगदम्बा श्री

काठमाडौँ – ‘मदन पुरस्कार २०८०’ मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ले जितेको छ । मदन पुरस्कार गुठीले मैनालीको ऐतिहासिक एवम् अनुसन्धानात्मक कृति ‘मुकाम रणमैदान : नेपाल–अंग्रेज युद्धको वखान’लाई दिने निर्णय गरेको हो । गुठीले मदन पुरस्कारका लागि प्राप्त भएका ३०४ मध्ये ५ कृतिलाई मदन पुरस्कारका लागि उत्कृष्टा ५ को सूचिमा राखेको थियो । जसबाटै मैनालीको ‘मुकाम रणमैदान’ले जितेको हो । उत्कृष्ट ५ मा भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई छनोट गरेको थियो । यस्तै गुठीले प्रा.डा योगेन्द्र प्रसाद यादवलाई २०८० को जगदम्बा...

Read More

तस्करीमा सुरक्षाकर्मीकै संलग्नता, डीएसपीले महिनावारी उठाउँदा सिपाही र हवलदारको भागमा ड्युटी खर्च !

राहुल गुप्ता, बारा – नाकाबाट तस्करी हुने नियन्त्रणमा खटिने सुरक्षाकर्मीकै संलग्नतामा तस्करी हुने गरेको पाइएको । बाराको मटिअर्वा नाकाबाट हुने व्यापक तस्करीमा सशस्त्र प्रहरीकै संलग्नता रहेको पाइएको हो । तस्करी कार्य गराउन सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका डीएसपी विदुर भट्टराईले तस्कहरुसँग महिनावारी रकम लिने गरेको स्रोतले जनाएको छ । यस्तै, अन्य जवान र हवलदारले पनि ड्युटी खर्च भन्दै रकम असुल्ने गरेको स्रोतको भनाई छ । उसै त अत्याधिक तस्करी हुने नाकामा सुरक्षाकर्मीकै ग्रीन सिग्नल पाएपछि तस्करहरुले नाकाबाट निर्धक्क तस्करी गर्न थालेको स्थानीयहरु बताउँछन् । उनीहरुका अनुसार यही नाका हुँदै कबाड नेपालबाट भारत जाने गर्दछ । बिहीबार राती...

Read More

जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्न सफल भयो : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताएका छन् । शुक्रबार राज्य व्यवस्था समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मुलुकको हितमा नरहेका बिषयहरुलाई अघि बढाउन खोज्दा जनस्तरबाट व्यापक विरोध भएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताएका हुन् । उनले हदम्यादको विरुद्ध जनताले उठाएका विषयलाई आफूहरुले सदनमार्फत ध्यानाकर्षण समेत गराएको जिकिर गरे । उनले भने, ‘उहाँहरुको विश्वास जनतालाई भएन । मानिसहरुले क्याम्पेन सुरु गरे । प्रश्न उठेपछि हामीले पनि हामी छौँ, हामी हुन्जेल हदम्याद राख्ने विषय हुन दिँदैनौँ भन्यौँ । त्यही कुरा हो ।’ ऐनमा स्पष्ट भएका विषयलाई मन्त्रीपरिषद्बाट पारित गराइ...

Read More