Author: Himalaya Post

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन् । । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उहाँले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्ने बताए । प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रुपान्तरण गर्न पनि आग्रह गरे । “म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरुको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ । योग र ध्यानले मुटु...

Read More

सकारात्मक सोचका साथ अघि बढ्न युवालाई नेपालको आग्रह

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सकारात्मक सोचका साथ अघि बढ्न युवाहरुलाई आग्रह गरेका छन् । गाईखुरा युवा क्लबले शुक्रबार काठमाडौंमा आयोजना गरेको लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले नकारात्मक सोचले मानिसमा बिभिन्न समस्या देखिने र दुर्व्यसनको समेत खतरा हुने भएकाले सकारात्मक सोचका साथ अघि बढ्न युवाहरुलाई आग्रह गरेका हुन् । उनले नेपालमा समेत दुव्र्यसनी र दुव्र्यसनमा लाग्ने सञ्जाल देखिएको भन्दै सवैमिलेर त्यसलाई तोड्नुपर्नेमा जोड दिए । पैसाको लोभमा युवाहरुलाई परिचालन गरेर अपराधिक क्रियाकलापमा संलग्न गराउने अपराधिहरुलाई छुट र सहानुभूति दिने काम गर्न नहुने उनको भनाई छ । नेपालले मान्छेलाई योग्य र सक्षम बनाउनका लागि पनि अध्ययनको आवश्यकता पर्ने र त्यसले नै सवैलाई सफल बनाउने धारणा राखे । दुव्र्यसनका कारण संसार नै सखाप हुँदै जाने अवस्था देखिइएको उनको भनाइ छ...

Read More

आजको मौसम : बागमती, गण्डकी र कर्णालीका यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति...

Read More

अमेरिकामा हत्या गरिएकी पाण्डेको हत्या अभियोगमा पक्राउ शाह सार्वजनिक

वाशिङ्टन डिसी (अमेरिका) – प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ । हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ । त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी एक युवतीको शव बरामद गरेका थिए । पछि...

Read More

माओवादी कार्यकर्ताको घरमा बम विस्फोट, दुई दाजुबहिनीको मृत्यु

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङको डाँडागाउँस्थित माओवादी कार्यकर्ताको घरमा बम विस्फोट भएको छ । बिहिवार भएको बम विस्फोटमा परी दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा गए राति मृत्यु भएको हो । शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको जिल्ला अस्पताल फिदिममा उपचार सम्भव नभएपछि चिकित्सकले झापाको विर्तामोड ‘रेफर’ गरेका थिए । बहिनीको बिहीबार बेलुकी इलाम पुर्याउँदै गर्दा तथा दाजु दीपसनको आज बिहान विर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको पाँचथर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विस्फोटमा घाइते स्थानीय ज्ञानबहादुर...

Read More