Author: Himalaya Post

बिक्री सुरु गरेको पहिलो दिनमै १०० वटा भन्दा बढी टाटा पन्च इभीको बुकिङ 

काठमाडौँ– नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च ईभीको नेपालमा उत्साहजनक सुरुवात भएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभरि १ सयभन्दा बढी बुकिङ भएको छ । कम्पनीले केही दिन अघिबाट टाटा पन्च ईभीको प्रि–बुकिङ सुरु गरिसकेको थियो । ३३ लाख ९९ हजार रुपैयाँ सुरूवाती मूल्यमा यो गाडी सार्वजनिक गरिएको छ । यो मूल्य नाडा शोसम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीको भनाइ छ । साथै, नाडामा गाडी बुकिङ गर्ने ग्राहकहरूले सिप्रदीको चार्जिङ स्टेसनमा निःशुल्क चार्जिङ पनि पाउने टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदीले ट्रेडिङ प्रालिले जनाएको छ । सिप्रदीका प्यासेन्जर भेहिकल...

Read More

मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौँ – नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यसैगरी दूरसञ्चार सेवा प्रदायक टेलिकम कम्पनी एनसेललाई अनुमति पत्र नवीकरण शुल्क चार किस्तामा बुझाउन दिने निर्णय गरेको छ । “एनसेललाई अनुमति पत्र नवीकरण वापतको शुल्क चार किस्तामा बुझाउन दिने निर्णय भएको छ”, उनले भने, “दोस्रो किस्तादेखि अन्तिम किस्तासम्म बाँकी रहेको रकममा १०...

Read More

भारतले धौलीगङ्गा बाँध पुनः खोल्दै, सतर्कता अपनाउन आग्रह

बैतडी – भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको हो । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनका अनुसार परियोजनाको बाँध भदौ १५ गते दिउँसो १२ बजेदेखि भदौ १६ गते बेलुकासम्म खोलिने छ । बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको सतह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो । बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता...

Read More

बाँके बस दुर्घटनामा मुत्यु हुनेको संख्या ३ पुग्यो

नेपालगञ्ज (बाँके) – बाँकेको रत्न राजमार्ग सडकखण्डको गनापुरमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका थप एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएका दाङ जिल्लाको घोराहीका ३० वर्षीय विमल राईको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि दुर्घटनामा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको भेरी अस्पतालमा मृत्यु भएको थियो । दाङको तुलसीपुरदेखि नेपालगञ्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर नेपालगञ्ज सडकखण्डको गनापुरमा...

Read More

बाजुरामा भूकम्पको धक्का महसुस

बाजुरा – बाजुरामा बिहीबार बेलुकी ७ बजेर ३४ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङ्गको मष्टा गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ । बझाङ्ग केन्द्र विन्दु बनाएर गएको भूकम्पले बाजुरासहितका जिल्लामा धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानीयहरू त्रसित भएका छन् भने क्षतिको विवरण आएको छैन ।...

Read More