Author: Himalaya Post

नेपाललाई बंगलादेश, श्रीलंकासँग जोडेर अभिव्यक्ति नदिन एमालेको ध्यानाकर्षण

काठमाडौँ – नेकपा एमालेले विश्वका विभिन्न घटनाक्रमलाई नेपालसंग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन बिभिन्न राजनीतिक दलकोे ध्यानाकर्षण गराएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले संसदका कतिपय दलहरु खासगरि सत्ताबाट बाहिरिएसंगै विश्वका विभिन्न घटनाक्रमलाई नेपालसंग जोडेर आएका आवेगपूर्ण टिप्पणीहरु र प्रतिक्रियाहरुप्रति आपत्ति जनाउदै मुलुकको संवेदनशील अवस्थाप्रति गैरजिम्मेवार अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृति देखापर्न थालेको अवस्थामा सवै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताए । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमाले–कांग्रेस सरकारको संक्षिप्त समिक्षा गर्दे सरकारको प्रारम्भीक कामप्रति सन्तुष्ट व्यक्त गरेको ज्ञवालीले बताए...

Read More

एकीकृत समाजवादीको निष्कर्ष : संविधान संशोधनको प्रयास सानादलको अस्तित्व समाप्त पार्ने कुचेष्टा

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले साना दलको अस्तित्व माथि आघात पुर्याउने गरी संविधान संशोधन गर्ने कुचेष्टा भएको निष्कर्ष निकालेको छ । बिहीबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीले बैठकले साना दलको अस्तित्व माथि आघात पु¥याउने संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने तथा समावेशी लोकतन्त्रको मूल मर्म माथि प्रहार गर्ने कुचेष्टाले संविधान संशोधन गर्ने प्रतिगामी चिन्तनहरु प्रकट हुन थालेको भन्दै आपत्ति समेत जनाएको छ । बैठकले संघिय लोकतान्त्रिक गणतन्त्र संविधान, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकता माथि हुन सक्ने षडयन्त्र र प्रहार प्रति सचेत हुँदै सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन अपिल गरेको छ । बैठकले मुलुकमा बदलिएको विषम राजनीतिक परिस्थितिलाई गम्भीर...

Read More

तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ : शिक्षा मन्त्री

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तीनै सरकारबीच समन्वय हुन सकेमा गुणस्तीरय शिक्षालाई स्थापित गर्न सकिने बताएका छन्। आजको प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयहरूको सन्दर्भमा बोल्दै उनले गुणस्तरको सूचकमा धेरै काम गर्न आवश्यक रहेको बताए । उनका अनुसार नर्सिक शिक्षा, शिक्षा आयोगले सिटिइभिटी २०४५ कै कानुनमा आधारित भएर सञ्चालन भइरहेको छ । “यो कानुन एकीकृत गर्न मस्यौदा तयार भएको छ । प्राविधिक शिक्षालाई प्राथमिकता दिने, नर्सिङ शिक्षालाई व्यवस्थित गर्ने तयारी गरिरहेका छौँ,” मन्त्री भट्टराइले भने, “मेडिकल शिक्षामा कोटा बढाउने विषयमा छलफल भइरहेको छ ।” सबै सरकारको लगानीबाट अनिवार्य र निःशुल्क शिक्षा लागू गर्नुपर्ने र...

Read More

जहिले पनि जित्छौँ भन्ने मनोबलका साथ लाग्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कृत गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महिला भलिबल टोलीका कप्तान अरुणा शाहीसहित १४ खेलाडी, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई पुरस्कार वितरण गरेका हुन् । खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक भट्टलाई रु दुई लाख तथा सहायक प्रशिक्षक यादव, व्यवस्थापक बज्राचार्यलाई र फिजियो कुँवरलाई जनही रु एक लाख २० हजार राशिसहित पुरस्कार प्रदान गरिएको हो । गत साउन १७ गतेदेखि २३ गतेसम्म...

Read More

वनमन्त्री ठकुरीसँग अमेरिकी राजदूत थम्प्सनको भेट

काठमाडौँ – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्ता नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री ठकुरीले अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसआइडी)ले विगत सात दशकदेखि नेपालको विकासको प्रमुख सहयोग रहँदै आएकामा राजदूतलाई धन्यवाद दिएका थिए । मन्त्री शाहीले भने, “नेपालको आर्थिक सामाजिक वातावरणीय तथा शासकीय विकासमा अमेरिकी सरकारले खेलेको भूमिकाप्रति आभारी छु ।” नेपालका हालैका दिनमा एमसिसीलगायत विभिन्न परियोजनामार्फत पूर्वाधार विकासमा अमेरिकी सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको मन्त्री ठकुरीले बताए। उनले नेपालमा...

Read More